फेवा किनारबासीका घरघरै धारा

पोखरा ।
फेवा किनार बासी तथा सराङकोटको तल्लो भूभाग चंखपुर, भकुण्डे, खपौदी, सेदी हाइट, मेथलाङ बृहत् खानेपानी निर्माण समितिले एक घर एक धार योजना सम्पन्न गरेको छ ।
योजना अन्तर्गत पहिलो चरणमा पोखरा १८ भकुन्डेमा योजनाकै ठूलो ३ लाख लिटर क्षमताको टंकीबाट पानी वितरण सुरु गरिएको छ । समितिका सचिव गोपीलाल तिमिल्सिना भन्छन्, ‘पानी वितरण परीक्षण सफल भएको छ र अब कुनै प्राविधिक समस्या नभए नियमित रूपमा उपभोक्ताको घरमा वितरण हुनेछ ।’
२०३५४० सालदेखि तल्लो भूभागमा खेतबारी र पेशा व्यवसायका लागि बस्ती बसेको भए पनि सहज खानेपानीको व्यवस्था नरहेको समितिका अध्यक्ष मित्रमणि तिमिल्सिनाले बताए । तिमिल्सिना भन्छन्, आजको दिन खुसी र हर्षको पल हो । हिजो हामीलाई हिउँदको समयमा पानीको समस्या थियो, वर्षायाममा कुवाको पानी गाग्रिमा बोकेर जीवन प्रयोग गर्ने गरेका थियौं ।’
केही वर्ष पहिले रेडक्रसको सहयोगमा सामूहिक धारामा पालो लगाएर प्रयोग गर्ने गरेको उनले सुनाए । पूर्व वडाध्यक्ष रणबहादुर थापाका अनुसार अनुसार सबैभन्दा धेरै र सहज खानेपानीको व्यवस्था खपौदीमा भएको बताए ।









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया