अञ्जुली तेक्वान्दो च्याम्पियन

पोखरा ।
पोखरामा भएको प्रथम खुला आमन्त्रित पोखरा तेक्वान्दो प्रतियोगितामा आयोजक अञ्जुली तेक्वान्दो दोजाङ च्याम्पियन भएको छ । प्रतियोगितामा ६ स्वर्ण, २ रजत र ७ कास्य पदकसहित आयोजक अञ्जुली तेक्वान्दो दोजाङ च्याम्पियन बनेको हो ।
५ स्वर्ण, २ रजत पदकसहित तनहुँको रिसिङपाटन दोस्रो र ४ स्वर्ण, ६ रजत र १२ कास्य पदकसहित तनहुँको भिमाद दोजाङ तेस्रो भएका छन् । प्रतियोगितामा २ स्वर्ण प्राप्त गरी आयोजक अञ्जुली तेक्वान्दो दोजाङका पितर तामाङ र महिला तर्फ रिसिङ पाटन दोजाङकी सलका श्रेष्ठले २ स्वर्ण पदक प्राप्त गरी उत्कृष्ट खेलाडी बने ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य द्रोणकुमार कुँवर प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न मद्दत मिल्ने बताए । नेपाल आइटिएफ तेक्वान्दो संघ गण्डकी प्रदेशका सदस्य विशाल बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रेदश सभा सदस्य दिलमाया पबी, नेपाल अन्तराष्ट्रिय तेकवान्दो महासंघका महासचिव घमबहादुर थापा, पोखरा महानगरपालिका वडा नं. १ का वडाध्यक्ष साहारा प्रधान, अञ्जुली आवासीय माविका संस्थापक निर्देशक राजु केसी, शिक्षक लक्ष्मण पौडेल र वागलुङ जिल्ला तेक्वान्दो संघका सदस्य चिरन वुढामगरले बोलेका थिए ।
प्रतियोगितामा गण्डकी प्रदेशबाट २ सय ५० जना खेलाडीले सहभागिता जनाएका थिए ।









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया