विद्यार्थीलाई न्यानो कपडा वितरण

पोखरा ।
राम आधारभूत विद्यालय पोखरा ८ सिमलचौरले जाडो मौसमका लागि मंगलबार विद्यार्थीलाई न्यानो कपडा (ट्रयाक सुट) वितरण गरेको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ८ को सौजन्यमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष मुक्तिनाथ चालिसेले जानकारी दिए । पोखरा ८ का अध्यक्ष रुद्रनाथ बरालले गरिब तथा विपन्न वर्गका बालबालिकालाई न्यानो कपडाले पठनपाठनमा सहयोग पुग्ने बताए ।
‘विगतका वर्षदेखि समेत वडा कार्यालयले विद्यार्थीका लागि स्टेसनरी, न्यानो कपडा लगायतका शैक्षिक सामग्री प्रदान गर्दै आएका छौं,’ अध्यक्ष बरालले भने, ‘आगामी दिनमा समेत सहयोगलाई निरन्तरता दिइनेछ ।’ उनले विद्यार्थीको पठनपाठनका लागि आवश्यक पर्ने सबै सहयोग गर्ने वचनसमेत दिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष चालिसेले दैनिक ज्यालादारी गर्ने तथा श्रम क्षेत्रका अभिभावकका छोरा छोरीले पढ्ने विद्यालयको लागि सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको बताए । विद्यालयका प्रधानाध्यापक तीर्थराज न्यापानेले न्यानो कपडाका लागि वडा कार्यालयले १ लाख रुपैयाँ सहयोग गरेको जानकारी दिए ।
पहिलो चरणमा नर्सरीका ३६ विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको जानकारी दिँदै उनले विद्यालयका १ सय ३६ विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराउने योजना सुनाए । उनले कक्षा ७ सम्मका विद्यार्थीलाई न्यानो कपडाको व्यवस्था गरेको उल्लेख गरे ।









प्रतिनिधिसभा निर्वाचनका लागि १०७ चुनाव चिह्न तय, कुन दललाई के ?
कांग्रेस कास्की–१ मा उम्मेदवार प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १२ र समानुपातिकमा ८ जनाको दाबी
गोरखा–२ बाट पूर्वउपरथी बाबुराम श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिने
प्रेमराजको ‘एक्लो रात’ सार्वजनिक, भाषाविद् उपाध्यायले गरे विमोचन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया