समाधानकर्मी रानाभाटलाई गाउँ पर्यटन पत्रकारिता पुरस्कार

पोखरा ।
समाधान दैनिकका संवाददाता सञ्जय रानाभाटलाई गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकीले गाउँ पर्यटन पत्रकारिता पुरस्कार पत्रकार प्रदान गरेको छ ।
भिटोफ गण्डकीको नवौं साधरणसभा तथा चौंथो अधिवेशनमा अवसर पारेर बिहीबार रानाभाटलाई पुरस्कार प्रदान गरिएको हो । गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, भिटोफका केन्द्रीय अध्यक्ष गोपाल थापा र गण्डकी अध्यक्ष उदय सुवेदीले बिहीबार अर्मलाकोटमा आयोजित कार्यक्रममा रानाभाटलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । प्रत्येक २ वर्षमा प्रदान गरिने उक्त पुरस्कारको राशि ११ हजार १११ रुपैयाँ छ ।
ग्रामीण पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएबापत रानाभाटलाई पुरस्कार प्रदान गरेको भिटोफ अध्यक्ष सुवेदीले बताए । २०७८ सालदेखि समाधान दैनिकबाट पत्रकारिता सुरु गरेका पत्रकार रानाभाटसँग हिमाल खबर डटकम, रातोपाटी डटकममा पोखरा संवाददाता भएर काम गरेको अनुभव पनि छ । पोखरा १४ का बासिन्दा रानाभाट स्नातक तह चौथो वर्षमा अध्ययन गरिरहेका छन् ।









भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया