भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा ओइएमको साझेदारी

पोखरा ।
नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा ओइएम पार्टनरको रुपमा सहभागी भएको छ ।
जाडो मौसमले दुई पांग्रे साधनमा नकारात्मक असर पार्न सक्ने हुनाले, सो असरबाट सुरक्षित रहन भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्प सम्पन्न भएको कम्पनिले जनाएको छ । पौष ५ देखि १४ गते सम्म सञ्चालित सो क्याम्प काठमाडौँ उपत्यकाभरिका ५ वटा स्थानमा रहेको भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस स्टेसनमा सम्पन्न भएको थियो ।
भेस्पा र अप्रिलिया स्कुटरका ग्राहकहरुलाई लक्षित क्याम्पमा निःशुल्क सर्भिसिङ र गल्फ इन्जिन आयल चेन्ज प्रदान गरेको थियो । सो क्याम्पमा सहभागी २६०० भन्दा धेरै ग्राहक मध्ये ५ भाग्यमानी ग्राहकलाई लक्की ड्र मार्फत आकर्षक उपहार प्रदान गरिएको थियो । लक्की ड्रबाट रत्न केशरी रञ्जितकार (भक्तपुर), रन्जु नेपाल (बनेपा), नवीना श्रीस (एकान्तकुना), रोमिका न्यौपाने (गहनापोखरी) र मोनिका श्रेष्ठ (झम्सिखेल) विजेता भएका थिए । क्याम्प नेपाल ल्युब आयल र भेस्पा/अप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिको संयुक्त आयोजनामा भएको हो ।
फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डस्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँछ । नेपालमा गल्फ ब्रान्ड ३९ वर्षदेखि लगातार ग्राहकवर्गको रोजाइमा पर्दै आएको छ ।









एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता
बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया