ढोरपाटन ।
सातौँ बागलुङ महोत्सवमा आयोजित गण्डकी प्रदेशभित्रका पालिकास्तरीय खुला भलिबल प्रतियोगिताको उपाधि गलकोट नगरपालिकाले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा ताराखोलालाई सोझो सेटमा हराउँदै गलकोटले उपाधि जितेको हो ।
बिहीबारको सेमिफाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनल प्रवेश गरेको ताराखोला अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा ३–० सेटले गलकोटलाई उपाधि बुझाउन पुग्यो । फाइनल खेलमा गलकोट नगरपालिकाले ३ सेट नै २५–२०, २५–२२ र २५–२२ अन्तरले आफ्नो पोल्टामा पार्यो ।
गलकोट नगरपालिकाले फाइनल प्रवेशका लागि बिहीबार ढोरपाटन नगरपालिकालाई पराजित गरेको थियो । उपाधि विजेता गलकोट नगरपालिकाले १ लाख ५१ हजार १ सय ११ पुरस्कार जितेको छ । गलकोटलाई उपाधि बुझाएर दोस्रो स्थानमा चित्त बुझाएको ताराखोला गाउँपालिकाले १ लाख १ हजार १ सय ११ पाएको छ ।
तृतीय स्थानका लागि भएको प्रतिस्पर्धामा ढोरपाटन नगरपालिकाले होटल माउन्टेन भ्यु काठेखोलालाई पराजित गरेको छ । आफूलाई उपाधि दाबेदारका रूपमा प्रस्तुत गर्दै प्रतियोगितामा अगाडि बढेको ढोरपाटन नगरपालिका बिहीबार गलकोट नगरपालिकासँग पराजित हुँदै बाहिरिएको थियो ।
तेस्रो स्थानका लागि भएको खेलमा ढोरपाटनले माउन्टेन भ्यूलाई ३–१ सेटमा पराजित गरेको हो । पहिलो र दोस्रो सेट लगातार जितेको ढोरपाटनले तेस्रो सेट गुमाउँदा चौथो सेट जित्दै तेस्रो स्थान सुरक्षित गरेको हो । प्रतियोगितामा तृतीय स्थान जोगाएको ढोरपाटनले ५१ हजार १ सय ११ र सान्त्वना पुरुस्कार माउन्टेन भ्यूले २५ हजार १ सय ११ प्राप्त गरेको भलिबल संयोजक सञ्जय श्रेष्ठले जानकारी दिए ।
महोत्सवकै अवसरमा आयोजना गरिएको खुला महिला भलिबलको उपाधि भने नवमालिकाले जितेको छ । निर्माण व्यवसायी संघ बागलुङ दोस्रो भएको छ । यही पुस ११ गतेदेखि सुरु भएको सातौँ बागलुङ महोत्सव राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका थिए । महोत्सवको शनिबार सकिएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
नेपाल डेरी एसोसिएसन गण्डकीको अध्यक्षमा कँडेल, नयाँ कार्यसमिति सर्वसम्मत
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया