मुखमै आएको सांसद पद गुम्यो रुचीको

पाेखरा ।
सत्ता गठबन्धनमा राष्ट्रिय सभा सदस्यको भागबण्डाका लागि रस्साकस्सी भैरहदा कसको भाग कता कता पर्ला भन्ने काैतुहलता स्वभाविकै थियो । जिल्ला र प्रदेशबाट सिफारिस भएर गएकाहरुकाे भाग्य गठबन्धनको बैठकले निर्धारण गर्दै थियो ।
यसैबीचमा आइतबार विहान खबर सार्बजनिक भयो– गण्डकीबाट रिक्त भएकाे अपाङ्ग कोटा मा माओवादीको भागमा पर्याे । याे कोटा माओवादीका भागमा परे पछि कास्कीकी गोमा घिमिरे रुची सांसद बन्ने पक्का जस्तै थियो । पार्टीको जिल्ला देखि प्रदेश र केन्द्रसम्म सबै रुचीलाई सांसद बनाउन सहमत जस्तै थिए ।
माओवादी युद्धकै दाैरानमा भिडन्तमा परी एउटा खुट्टा गुमाएकी रुची निरन्तर पार्टीमा क्रियाशिल छन् । शान्ति प्रकृयापछि माओवादी खुल्ला राजनीतिमा आएपछि गाेमाले पोखरामा सकृय पत्रकारिता गरेकी थिइन । एक माओवादी नेताका अनुसार उनै घाइतेलाई सांसद बनाएर तत्कालिन घाइतेहरुकाे मन खुशी बनाउने योजनामा पार्टी नेतृत्व थियाे ।
तर भागबण्डा एकाएक फेरिएछ । गण्डकीबाट अपाङ्ग कोटा कांग्रेसकाे भागमा गयो र रुचीकाे सांसद पद मुखबाटै खोसियो । अपाङ्गकाे सट्टा माओवादीको भागमा महिला कोटा पर्यो । जसका कारण पर्वतकी मनरुपा शर्मालाई चिठ्ठा परे जस्ताे भयो । उनी पनि सहिद परिवार सदस्य हुन । सानै उमेर देखि जनयुद्धमा होमिएकी मनरुपाका श्रीमान युद्धकै क्रममा मारिएका थिए ।









शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कांग्रेस विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी, मधेसबाट सबैभन्दा बढी
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया