अखिल नेपाल महिला संघको प्रशिक्षण

पोखरा ।
अखिल नेपाल महिला संघ कास्की (अनेमसंघ) ले समसामयिक राजनीतिको विषयमा अगुवा कार्यकर्तालाई प्रशिक्षण दिएको छ ।
नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा संघका केन्द्रीय अध्यक्ष टुकाभद्र हमालले उद्घाटन गरेको २ दिने प्रशिक्षणमा पार्टीका नेता तथा विषय विज्ञले सहजीकरण गरेको कास्कीका अध्यक्ष गीता विश्वकर्माले जानकारी दिइन् । प्रशिक्षणमा पार्टीका स्थायी समितिका सदस्य थममाया थापाले अनेमसंघको नीति तथा कार्यक्रम, अनेमसंघका केन्द्रीय महासचिव पेम्बा लामाले सगठन निर्माण, परिचालन, व्यवस्थापन, संघका केन्द्रीय सचिव नरदेवी पुनले नेपाली महिला आन्दोलन, अनेमसंघ र उपलब्धि विषयमा सहजीकरण गरेका छन् ।
कार्यक्रममा पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले आर्थिक सशक्तीकरण, उत्पादनमा महिला, पार्टी र जनप्रतिनिधिबीचको सम्बन्ध, बुद्धिजीवी राधाकृष्ण लामिछानेले नेकपा (एमाले) को १० औं महाधिवेशनले तय गरेको कार्यदिशा र अनेमसंघ कास्की इन्चार्ज प्रभा कोइरालाले जनताको बहुदलीय जनवाद र महिला विषयमा प्रशिक्षण दिएका छन् ।
कार्यक्रममा नेकपा (एमाले ) जिल्ला कमिटी कास्की अध्यक्ष मनबहादुर गुरुङ, गण्डकी प्रदेश सभाका पूर्व उपसभामुख सिर्जना शर्मा, गण्डकी प्रदेश सभाका पूर्व सदस्य मित्रकुमारी गुरुङ सुवेदी, अनेमसंघ गण्डकी अध्यक्ष हिरा गिरी, कास्कीका अध्यक्ष विश्वकर्मा, उपाध्यक्ष उषा बरुवाल, सचिव बिनु गुरुङ, सहसचिव सन्तु सुवेदी, कोषाध्यक्ष राधिका शाही योगी लगायतले नेपाली महिला आन्दोलनमा अनेमसंघको भूमिका बारेमा चर्चा गरेका थिए ।









त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया