कारकाे ठक्करले दुई युवतीको ज्यान लिएपछी बानियाँ कारागार चलान

पोखरा । लापरवाही ढंगले कार चलाएर दुई युवतीको ज्यान लिने मानबहादुर बानियाँ पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत कास्कीमा आइतबार भएको थुनछेक बहसका क्रममा न्यायाधीश ऋषिराम आचार्यको इजलासले कारचालक बानियाँलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
गत मंसिर २४ गते आइतबार दिउँसो सवा ४ बजे पृथ्वीराजमार्ग अन्तर्गत लेखनाथको सुन्दरीबजारमा मानबहादुरले चलाएको कारले विपरित दिशाबाट आईरहेको स्कुटरलाई ठक्कर दिदाँ दुई युवतीको ज्यान गएको थियो । सो दुर्घटनामा गण्डकी मेडिकल कलेजमा अध्ययनरत पोखरा–५, जिरोकिमीकी २४ वर्षीया भावना बराल र पोखरा–२५, हेमजाकी २३ वर्षीया अनिशा खड्काको मृत्यु भएको थियो ।
प्रत्यक्षदर्शीका अनुसार अर्घौं निवासी कार चालक बानियाँले अनियन्त्रित ढंगले कार हाँक्दै विपरित दिशामा पुगेर स्कुटरलाई ठक्कर दिदाँ सो दुर्घटना भएको थियो ।








शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कांग्रेस विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी, मधेसबाट सबैभन्दा बढी
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया