पोखरा इन्जिनियरिङ कलेजमा बिइआइटीको पढाइ

पोखरा ।
पोखरा इन्जिनियरिङ कलेज (पेक)मा यही शैक्षिक शत्रदेखि ब्याचलर अफ इन्जिनियरिङ इन इन्फर्मेसन टेक्नोलोजी (बिइआइटी) पढाइ सुरु भएको छ । बिइआइटीमा यो शैक्षिक शत्रमा भर्ना भएका विद्यार्थीका लागि सोमबार अभिमुखीकरण कार्यक्रम भएको छ ।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेज २०५६ देखि सञ्चालनमा आएको हो । गण्डकी प्रदेशमा पहिलो पटक बिइआइटी कार्यक्रम पेकमा सुरु भएको हो । कार्यक्रममा गण्डकी प्रदेशका आइसिटी एन्ड इलेक्ट्रोनिक्स इनोभेसन ल्याबका कार्यक्रम संयोजक इन्जिनियर हरिबहादुर पहाडीले बिइआइटी कोर्षबारे प्रकाश पारे ।
पहाडीले पोखरा इन्जिनियरिङ कलेजका धेरै विद्यार्थीले आविष्कार केन्द्रमा विभिन्न तालिम लिइरहेको जनाउँदै उनले यो कलेजसँग आविष्कार केन्द्र हातेमालो गरी जान तयार रहेको पनि जनाए । उनले विश्व बजारमा अथाह सम्भावना बोकेको आइटी क्षेत्रले वर्तमा समयमा देशलाई टुरिजमले भन्दा राम्रो आय दिएको दाबी गरे ।
कलेजका प्रिन्सिपल ई. सोम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय अविष्कार केन्द्र विभागीय प्रमुख ई. सुरजवसन्त तुलाचन, कलेजका परीक्षा प्रमुख ई सन्दीप गुप्ता र प्रशासन प्रमुख चिजकाजी गुरुङ लगायतले बोलेका थिए ।









विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
पुस्तक तथा स्टेसनरी महासंघ गण्डकीमा प्रदीप
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया