जनप्रिय क्याम्पसमा छात्रवृत्तिमा एमबिए पढ्ने अवसर

पोखरा ।
जनप्रिय बहुमुखी क्याम्पसमा एमबिए एचएम अध्ययनका लागि क्याम्पस र स्थानीय तहहरु मिलेर शतप्रतिशत छात्रवृत्ति दिएका छन् । कास्कीका तीन र लमजुङको एक गरी चार पालिकाबाट एक÷एक जनाले छात्रवृत्तिमा यो कार्यक्रम पढ्द पाउने छन् ।
कास्कीको पोखरा महानगर, अन्नपूर्ण र मादी गाउँपालिका र लमजुङको मध्य नेपाल नगरपालिकाका १/१ विद्यार्थीले यो अवसर पाउने छन् । चार सेमेस्टारमा पढाइ हुने एमबिए एचएमको शुल्क तीन लाख २५ हजार छ । यसैगरी जनप्रियमा यो कार्यक्रम पढ्ने १२ जनालाई ५० प्रतिशत छात्रवृत्ति उपलब्ध हुने क्याम्पसले जनाएको छ । जनप्रियमा एमबिए एचएमको सिट संख्या ३३ जना छ ।
देशको अवश्यकता अनुसारको व्यवहारिक र गुणस्तरीय शिक्षा दिन क्याम्पस र स्थानीय सरकारहरुले मिलेर यस खालको अवसर सिर्जना गरेको कार्यक्रम संयोजक नेत्रप्रसाद सुवेदी बताउँछन् । उनी भन्छन्, ‘यही कार्यत्रम पढ्नकै लागि विदेश जाने वा यही बसे पनि आर्थिक अभावले काम गर्दै पढ्नुपर्ने अवस्था अन्त्य गर्न पनि हामीले यस्तो पहल गरेका हौँ,’ उनले भने ।








नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया