तामाङ युवतीलाई साइबर सेक्युरिटी सिकाइयो

समाधान संवाददाता २०८० माघ ३ गते ११:४४

पोखरा ।
मिस तामाङ पोखराका सहभागीलाई साइबर सेक्युरिटीसम्बन्धी तालिम दिइएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले सहभागीलाई डिजिटल माध्यमको उपयोगिता र सजगताबारे प्रशिक्षण दिए ।

Advertisement


विकले साइवर अपराध के हो, कसरी हुन्छ र यसका विद्यमान कानुन के छन् भन्ने विषयमा प्रकाश पारे । उनले सामाजिक सञ्जाल तथा इन्टरनेटको दुरुपयोग गरी आफ्नो स्वार्थ पूर्ति गर्नेहरुको बिगबिगी रहेको औंल्याए ।


पछिल्लो समय जिल्ला प्रहरी कार्यालय कास्कीमा पनि साइबर अपराधका घटना बढेको जानकारी दिंदै उनले सामाजिक सञ्जालमा देखिएका सबै विषयमा विश्वास नगर्न आग्रह गरे. । डिजिटल माध्यम, सामाजिक सञ्जालको प्रयोग गरी ठगी तथा अपराध, धम्की तथा ब्लाकमेलिङका घटना बढिरहेकाले सजगता अपनाउनुपर्नेमा उनको जोड छ ।

Advertisement


४५ दिन लामो तालिमका लागि बिभिन्न क्षेत्रका विज्ञले सहजीकरण गरेका छन् । अहिलेसम्म चलचित्र निर्देशक माओत्से गुरुङ, पत्रकार सञ्जय मल्ल, पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, सौन्दर्यकर्मी मीना गुरुङ, नेपाल पत्रकार महासंघ कास्की पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठ, नोभेल एकेडेमीका अध्यक्ष विश्वेश्वर आचार्य, नेपाल तामाङ घेदुङ उपाध्यक्ष दीपक वाइवा तामाङ, नेपाल जेसिसका पूर्वअध्यक्ष राजु केसी, चलचित्र निर्देशक दिनेश डिसी, नेपाल तामाङ घेदुङका पूर्व अध्यक्ष धनप्रसाद तामाङ, खोजराज गोले लगायतले तालिम दिएको कार्यक्रम संयोजक प्रीति तामाङले जानकारी दिइन् ।


सहभागीलाई भाषण कला, व्यक्तित्व विकास, साइबर सेक्युरिटी, करियर व्यवस्थापन, तामाङ भाषा, संस्कार, सभ्यता तथा रहनसहन सिकाइएको आयोजक बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए । बैदाम तामाङ सेवा समाज कास्कीले हरेक वर्ष ल्होसारको अवसरमा मिस तामाङ पोखरा तथा ल्होसार म्युजिकल फेस्टिभल गर्दै आएको छ ।

Advertisement


यस वर्ष मिस तामाङ पोखराको आठौं संस्करण माघ २० गते हुँदै छ । प्रतियोगितामा देशभरबाट तामाङ समुदायका १० युवतीको सहभागिता छ । सहभागीमा मनिका लामा तामाङ, रिमाया तामाङ, दीक्षा लामा, सुनामी तामाङ, टिसिरिङ तामाङ, अर्पना तामाङ, रोशिला तामाङ, याङजी तामाङ, र वर्षा लामा तामाङ छन् ।


मिस तामाङ पोखरा २०२४ की विजेताले नगद १ लाख ताज, ट्रफी, प्रमाणपत्र तथा आकर्षक गिफ्ट ह्याम्पर पाउने छिन् । फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ५० हजार र सेकेन्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ३० हजार जित्ने छन् । भिवर्स च्वाइसका रुपमा एक प्रतिस्पर्धीलाई नगद २० हजार पुरस्कार दिइने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया