शान्ति उदय मावि ६४ वर्षमा

पोखरा ।
पोखरा ३३ को वरपाण्डे थुम स्थित शान्ति उदय माविको ६४ औं वार्षिकोत्सव तथा ६५ औं अभिभावक दिवस मंगलबार मनाइएको छ । कार्यक्रममा सांसद विद्या भट्टराईले सामुदायिक विद्यालयहरूले आफ्नो गुणस्तर बढाउने खालका कदम चाल्नुपर्ने बताइन् ।
भट्टराईले शिक्षा दक्ष जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्ने भन्दै स्थानीय तह यसमा विशेष चनाखो हुनुपर्ने औंल्याइन् । गण्डकी प्रदेश सभा सदस्य भीमबहादुर कार्कीले अन्तर्राष्ट्रिय जगतमा प्रतिष्पर्धी जनशक्ति उत्पादन गर्नु आवश्यक रहेको जनाए ।
कार्यक्रममा पोखरा महानगर पालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, नेपाल पर्यटन बोर्डका सदस्य मदनकुमार आचार्य, शिक्षक अभिभावक संघका अध्यक्ष शिवराज आचार्य, प्रधानाध्यापक टेकनारायण गिरी, पूर्व प्रधानाध्यापक कमलप्रसाद आचार्य, समाजसेवी यज्ञप्रसाद आचार्य, पूर्व उपाध्यक्ष मनोहर आचार्य, पूर्व विद्यार्थी मञ्चका अध्यक्ष वसन्तराज लम्साल, सहायक प्रधानाध्यापक राजेन्द्रप्रसाद बस्ताकोटी, शिक्षक देवराज पौडेल लगायतले बोलेका थिए ।
समारोहमा मेगा बैंकको सहयोगमा विद्यालय हातामानिर्मित सरस्वती मन्दिरसमेत उद्घाटन गरिएको छ । वार्षिकोत्सब कार्यक्रममा शैक्षिकसहित विभिन्न अतिरिक्त क्रियाकलापमा विजेता विद्यार्थीलाई पुरस्कार र छात्रवृत्ति प्रदान गरिएको छ ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष ऋषिराज आचार्यको अध्यक्षतामा भएको थियो ।









नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया