पोखरा–१२ महिला स्वास्थ्य स्वयंसेविकालाई मेडिकल सामाग्री वितरण

प
पोखरा महानगरपालिका– १२ ले महिला स्वयंसेविकालाई सक्षम बनाउन क्षमता अभिवृद्धि कार्यक्रम गरेको छ । स्वयंसेविकालाई स्वास्थ्य सामाग्री समेत वितरण गरिएको छ । वडाका स्वयंसेविकालाई विपी सेट, थर्मोमिटर, अक्सिमिटर र तौल नाप्ने यन्त्र लगायतका सामग्री प्रदान गरिएको थियो ।
बुधबार वडा कार्यालयको आयोजनामा महिला स्वयंसेविकाको लागि स्वास्थ्य सामाग्री वितरण तथा क्षमता अभिवृद्धि कार्यक्रम गरिएको हो । कार्यक्रमले स्वयंसेविकालाई सक्षम बनाउनुका साथै सेवा प्रवाह चुस्त बनाउन सहयोग पुग्ने वडाध्यक्ष सन्तोष बास्तोलाले बताए । यस्ता खालका तालिमले स्वास्थ्य स्वयंसेविकालाई सहयोग पुग्ने शहरी स्वास्थ्य केन्द्र प्रमुख सिर्जना थापाले बताइन ।
पछिल्लो समय पोखरा–१२ ले युवा स्वरोजगार, महिला उधमी तथा विभिन्न सिपमुलक कार्यक्रम गर्दै आएको छ । वडाले युवाहरुको लागि विभिन्न तालिम, महिलाको लागि सिलाइ कटिङ्ग तथा बाध्यबादन सम्बन्धि तालिमहरु प्रदान गर्दै आइरहेको छ । अन्य वडाको तुलनामा यस वडाले विभिन्न कार्यक्रम गरि उदाहरणीय बनेको छ ।
कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य शान्त ब. थापाले गरेका थिए भने कार्यक्रम वडा सचिव महेश्वर अर्यालले गरेका थिए ।









पेन्टिङ पर्यटक लोरा
किन हुन्छ हृदयाघात, के हुन् लक्षण ?
लोकतन्त्र र लोकतान्त्रिक संस्कार
सम्पादकीय—साहित्य र संस्कृतिको नयाँ आयम
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया