‘समुदायको सहकार्यमा शान्ति, सुरक्षा’

पोखरा ।
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको १७ औं वार्षिक साधारणसभा शनिबार भएको छ ।
सभाले महासचिव घनश्याम तिम्सिनाले पेश गरेको आर्थिक वर्ष २०७९/०८० को प्रगति प्रतिवेदन तथा भावी कार्यक्रम, कोषाध्यक्ष प्रेम पहारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को आर्थिक प्रतिवेदन र आर्थिक वर्ष २०८०/०८१को अनुमानित बजेट सुधारसहित पारित गरेको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विकासराज खनालले कार्यक्रममा नेपाल प्रहरीको एकल प्रयासबाट समाजमा विद्यमान अपराध अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्न सम्भव नभएको बताए । स्थानीय समुदायसँगको सहकार्यबाट अपराध अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्न सकिने उनले उल्लेख गरे ।
‘स्थानीय समुदाय र प्रहरीको सहकार्यले अपराध अनुसन्धान सफल हुन्छ । शान्ति, सुरक्षाको प्रभावकारी कार्यान्वयन हुन्छ,’ उनले भने, ‘शान्ति सुरक्षा कायम भए सभ्य र समुन्नत समाज निर्माण गर्न सकिन्छ ।’ उनले स्वस्थ र समुन्नत समाज निर्माण गर्न नेपाल प्रहरीले सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्ने जानकारी दिए । उनले अपराधिक क्रियाकलाप गरेका व्यक्तिलाई कानुनी कारवाहीको दायरामा ल्याउने बताए । उनले जनतालाई केन्द्र विन्दुमा राखेर रचनात्मक र सिर्जनात्मक कार्यक्रम गर्न सामुदायिक सेवा केन्द्रलाई आग्रह गरे ।
पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव शोभा गौतमले उद्यमशिलताको विकास भए बेरोजगारीको समस्या हल हुने बताइन् । उनले बेरोजगारी अन्त्य भए समुन्नत समाज निर्माणमा सहयोग पुग्ने उल्लेख गरिन् ।
संस्थाका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १४ का अध्यक्ष बोधराज कार्की, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका संस्थापक अध्यक्ष मंगलबहादुर नेपाली, वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बजगाई, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, सामुदायिक सेवा केन्द्र माटेपानीका अध्यक्ष धर्मराज आचार्य लगायतले सामुदायिक सेवा केन्द्रले गरेका कामबारे बोलेका थिए ।
सभामा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापा, प्रहरी नायब उपरीक्षक श्रवणकुमार विक, ज्येष्ठ पार्षद सदस्य फणीन्द्रमोहन अधिकारी लगायतलाई सम्मान गरिएको छ ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया