प्रदेश जिम्न्यास्टिक संघमा योगेन्द्र

पोखरा ।
गण्डकी प्रदेश जिम्न्यास्टिक संघको शनिबार भएको भेलाले योगेन्द्र गुरुङको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्ष राजु केसी, सचिव प्रकाशचन्द्र सापकोटा, कोषाध्यक्षमा राजु कायस्थ र सहकोषाध्यक्षमा वीनिता केसी छन् ।
समितिका सदस्यमा सुशीला श्रेष्ठ, निरज राम्जाली, अनिष श्रेष्ठ, प्रवेश पौडेल, कृष्णमोहन श्रेष्ठ, थमन थापा, विनोद गुरुङ र रविन्द्र तझ्या छन् । दुइ सदस्यपछि मनोनित हुने छन् ।
कार्यक्रममा नेपाल जिम्न्यास्टिक संघका केन्द्रीय अध्यक्ष तथा संघीय सांसद धुव्रबहादुर प्रधानले जिम्न्यास्टिक सबै खेलको पनि खेल भएको बताउँदै सोचे अनुरुपमा अझै विकास गर्न नसकिएको प्रष्ट पारे । उनले यस प्रदेशको जिम्न्यास्टिकलाई उकास्नका लागि प्रदेश समितिलाई निरन्तरताका साथ लाग्न सुझाव दिए ।
गण्डकी प्रदेशका पूर्व खेलकुद मन्त्री प्रदेश सांसद राजीव गुरुङले सबैको साथ र सहयोगले जिम्न्यास्टिक खेललाई अगाडि बढाउन सुझाव दिए । प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशका सदस्य सचिव श्रीधर शर्माले यस प्रदेशको खेल क्षेत्र विकासका लागि प्रदेश खेलकुद परिषद योजनाका साथ अगाडि बढेको बताए ।
कास्की जिल्ला जिम्न्यास्टिक संघका अध्यक्ष सोमबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जिम्न्यास्टिक संघका केन्द्रीय सदस्य विनोद शेरचन, कास्कीका सल्लाहकार केशवशरण पौडेल र कास्की सचिव प्रकाशचन्द्र सापकोटाले बोलेका थिए ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया