पोखरा कलेजमा आइडिया कन्टेस्ट

पोखरा ।
पोखरा कलेज अफ म्यानेजमेन्ट(पिसिएम)मा आइतबार आइडिया कन्टेस्ट भएको छ । कार्यक्रममा कलेजमा सातौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीले आफ्ना व्यावसायिक योजना प्रस्तुत गरे ।
प्रतियोगितामा हेरिटेज क्राफ्टले प्रथम र ब्राइट एन्ड साइन क्लिनिङले दोस्रो स्थान प्राप्त गरे । हेरिटेज क्राफ्टका सदस्यमा एन्जिला सुवेदी, यज्जु सुवेदी, रोशनी तिवारी, सृष्टि थापा, अनिशा नेपाली, सारा गुरुङ र गरिमा काफ्लेलाई नगद १० हजारसहित कलेजका प्राचार्यले प्रमाणपत्र प्रदान गरेका छन् ।
दोस्रो स्थान प्राप्त गरेको समूहका सदस्यमा रोशनी कार्की, सिफाली श्रेष्ठ, अञ्जली पौडेल र अमिसा भण्डारीलाई नगद ६ हजारसहित कलेजको प्राचार्यले प्रमाणपत्र प्रदान गरेका छन् । प्रतियोगितामा विद्यार्थीका योजनालाई पहिरन ट्रेडिङ हाउसको प्रबन्ध निर्देशक लक्ष्मी थापा गिरी, मुक्ति इनर्जीका संस्थापक प्रकाश आचार्य र नबिल बैंक पोखरा शाखाका प्रमुख प्रदीप पहारीले मूल्यांकन गरेका थिए ।
कार्यक्रममा कलेजकी प्राचार्य लिना नेगी श्रेष्ठले विद्यार्थीलाई रोजगारी खोज्नेभन्दा पनि रोजगारी दिने बनाउन यस्ता कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गरे । कार्यक्रममा उपप्राध्यापक निकेस कर्मचार्यले विद्यार्थीलाई प्रतियोगिताको नियमबारे प्रकाश पारे । कार्यक्रममा उपप्राध्यापक सुवास मल्लले पनि बोलेका थिए ।









नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया