आहा रारा गोल्डकप आजबाट
सर्वोत्कृष्ट फुटबल खेलाडी सम्मान आयुषलाई

पोखरा ।
सहारा क्लब पोखराले यस वर्ष सर्वाेत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान आयुष घलाललाई प्रदान गरिने भएको छ । उहाँलाई नगद ५० हजार ५ रुपैयाँ र सम्मानपत्रसहित सम्मान गरिने सहारा क्लबले जनाएको छ ।
पोखरामा मंगलबारदेखि सुरु हुने २३ औं आहा रारा पोखरा गोल्ड कपको उद्घाटन समारोहमा फुटबल खेलाडी घलाललाई सम्मान गरिने क्लब अध्यक्ष केशवराज बरालले बताए । राष्ट्रिय टिमका मिडफिल्डर घलाल हेटौडा उपमहानगरपालिका वडा १८ का बासिन्दा हुन् ।
२०७४ देखि हालसम्म भरत खवास, किरणकुमार लिम्बु, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन बिष्ट र अनन्त तामाङ यसबाट सम्मानित भएका छन् । माघ ९ देखि २० सम्म पोखरा रंगशालामा हुने यस वर्षको आहा रारा पोखरा गोल्ड कपमा आयोजकसहित १२ टिमले भाग लिएका छन् । आजको खेलमा आयोजक सहारा र थ्रिस्टार क्लबबिच हुनेछ ।
पोखरा अन्तर्राष्ट्रिय फुटबल स्टेडियमममा सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा विजेताले १२ लाख १ हजार र उपविजेता टोलीले ६ लाख १ हजार नगदसहित मेडल, ट्रफी लगायत प्रदान गरिनेछ । अघिल्लो संस्करणको उपाधि संकटा क्लबले जितेको थियो भने भुटनिज युथ स्पोर्टस क्लब मिनोसोटा अमेरिका उपविजेता बनेको थियो ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया