पञ्चकोशी विद्यालयलाई भूपू विद्यार्थीको सहयोग
समाधान संवाददाता
२०८० माघ ९ गते १२:१८
पोखरा ।
पोखराको सिमलचौरस्थित जनप्रिय मावि २०४९ ब्याचका भूपू विद्यार्थीको समूहले चापाकोट औसेलुचौरस्थित पञ्चकोशी आधारभूत विद्यालयलाई ५० हजार रुपैयाँ बराबरका शैक्षिक सामग्री सहयोग गरेको छ ।
समूहले कम्प्युटरसहित कापी, कलम, झोला लगायतका सामग्री सहयोग गरेको हो । अध्यक्ष चन्द्र गिरीले विद्यालयका पूर्व शिक्षक कुलप्रसाद अधिकारी, व्यवस्थापन समितिका पूर्व अध्यक्ष यज्ञप्रसाद तिमिल्सिना लगायतलाई ती सामग्री हस्तान्तरण गरे । अध्यक्ष गिरीले आर्थिक अवस्था कमजोर भएका विद्यालय तथा विद्यार्थीलाई शैक्षिक सहयोग गर्ने उद्देश्यका साथ समूह गठन गरिएको बताए ।
विद्यालयका प्रधानाध्यापक गंगाधर चापागाईले समूहको यो सहयोग विद्यालय र विद्यार्थीका लागि निकै सहज हुने जनाए ।
सम्बन्धित








नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया