शिक्षक संगठन गण्डकीको अधिवेशन

पोखरा ।
नेपाल राष्ट्रिय शिक्षक संगठन प्रथम गण्डकी प्रथम अधिवेशन २०८० भएको छ । अधिवेशनले अध्यक्ष रोमहर्षण पौडेलको नेतृत्वमा २९ सदस्यीय गण्डकी प्रदेश समिति चयन गरेको छ । निर्वाचित अध्यक्ष पौडेल संगठन कास्कीका अध्यक्षसमेत हुन् ।
अधिवेशनबाट संगठनको विधान अनुसार केन्द्रीय प्रतिनिधि तथा लेखा आयोगका सदस्य समेत निर्विरोध भएको अध्यक्ष पौडेलले जानकारी दिए । समितिको खुला उपाध्यक्ष बलराम रानाभाट (नवलपुर), समावेशी उपाध्यक्ष ओमबहादुर थापा (बागलुङ), महासचिव ध्रुवराज सिग्देल (तनहँु), उपमहासचिव ईश्वर श्रेष्ठ (गोरखा), कोषाध्यक्ष बोधराज पौडेल (कास्की), सचिव विकल्प लामा (लमजुङ) र सहकोषाध्यक्ष सुनिता बराल गिरी (म्याग्दी) छन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय प्रतिनिधिमा कास्कीका शकुन्तला आचार्य र लमजुङका राजु थापा निर्विरोध भएका छन् । प्रदेश समितिको लेखा आयोगका सदस्यमा रामप्रसाद अर्याल, खेमराज खतिवडा र बुद्धिबहादुर खड्का छन् । अधिवेशनमा अध्यक्ष, खुला उपाध्यक्ष र महासचिव पदमा निर्वाचन भएको हो । समितिका अरु पदाधिकारी र सदस्य निर्विरोध भएका छन् । ‘गौरवशाली विगत, चुनौतीपूर्ण वर्तमान, लगानी वृद्धि गरी सार्वजनिक शिक्षाको उन्नयन, राष्ट्रिय शिक्षा ऐन र सबै तहका सशक्त संगठन’ भन्ने नाराका साथ अधिवेशन भएको हो ।
२०३६ सालमा स्थापना भएको संगठनले संघीयताको कार्यान्वयनसँगै पालिका तथा प्रदेशमा संरचना बनाएको छ । मदेश प्रदेशबाहेक ६ प्रदेशमा संगठनको अधिवेशन भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश समितिका कार्यवहाक अध्यक्ष हर्कबहादुर लामिछानेको अध्यक्षतामा भएको अधिवेशनको नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका थिए ।









नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया