१८ औँ सफल पोखरा म्याराथन फागुन ५ गते

पोखरा ।
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन ५ गते हुने भएको छ । यस म्याराथनलाई सव्य र भव्य बनाउन आयोजक भूतपूर्व खेलाडी मञ्चले २३ वटा उपसमिति नेपालमा र ५ वटा अन्तर्राष्ट्रिय समिति (बेलायत, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, हंगकंग, सर्भेया) बनाएर काम अघि बढाएको छ ।
१८ औँ संस्करणमा आई पुग्दा स्वदेशी तथा विदेशी धावकले नयाँ रुटमा दौडिदै म्याराथन पुरा गर्नेछन् । सुरुवात पोखरा रंगशालाबाट हुनेछ । समापन भने पोखरा–६ हल्लनचोकस्थित क्याम्पिङ चौरसाइटमा हुने छ ।
सफल दूधको मुख्य प्रायोजन र भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुन लागेको सफल पोखरा अन्तर्राष्ट्रियता म्याराथनको मूल नारा ‘स्वास्थ्यका लागि, पोखराको लागि’ छ । देशकै मोफसलमा हुने सबैभन्दा ठूलो म्याराथनले पोखरा तथा पोखरावासीको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै आइरहेको छ ।
यसपालि म्याराथनलाई विशेष बनाउन मुख्य म्याराथनका विधाहरुका सहभागीहरूलाई चिप्सको प्रयोग गरिने भएको छ । त्यसले धावकको दौड समय सटिक तरिकाले मापन गर्छ ।
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनले प्रथम विजेतालाई ५ लाख रुपैयाँ, दोस्रोलाई ३ लाख रुपैयाँ, तेस्रोलाई २ लाख रुपैयाँ र चौथोलाई ३० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । गण्डकी प्रदेशको खेलाडीहरूलाई प्रोत्साहन स्वरूप छुट्टै पुरस्कारको व्यवस्था पनि छ । अरू बिदाहरू जस्तै महिला हाफ म्याराथन, १० किमि पुरुष तथा महिला, ५ किमि छात्र, छात्रा, ह्विल चियर तथा दृष्टिविहीनतर्फका हरेक प्रतियोगितामा पनि पुरस्कार राखिएको छ ।
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई अझ व्यापक बनाउन पोखराकै प्रतिष्ठित औद्योगिक प्रतिष्ठान सुजल डेरी प्रालिको सफल दूधको मुख्य प्रायोजन छ । शारीरिक तन्दुरुस्ती र पौस्टिकतासँग सम्बन्ध राख्ने सफल दूधले पोखरावासीको स्वास्थ्य र खेलको सम्बन्धलाई अझ प्रगाढ बनाउने कुरामा विश्वस्त रहेको कम्पनीले जनाएको छ ।
९ वर्षदेखि लगातार प्रायोजन गर्दै आइरहेको सफल दूधले उपभत्ताको स्वास्थ्य प्रतिको विश्वासलाई कायम गर्नुको साथै पोखरावासीको मन जित्न सफल यस्तो कार्यक्रम आयोजना गरेकोमा गौरवान्वित भएको कम्पनीले बताएको छ । कम्पनीले मुख्य प्रयोजन ३ वर्षका लागि नवीकरण पनि गरेको छ ।
सम्पूर्ण पोखरा बासीहरूलाई फागुन ५ गते हुनगइरहेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी भई ‘स्वास्थ्यका लागि, पोखराका लागि’ दौडिन कम्पनीले आवहान गरेको छ ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया