बाँदर नियन्त्रण गर्न रुख काट्ने वडाध्यक्षको अभियानमा मेयरको नियन्त्रण

पोखरा ।
बाँदर नियन्त्रण गर्ने नाममा पोखरा महानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले आह्वान गरेको अभियान मेयर धनराज आचार्यले रोक लगाएका छन् । मेयर आचार्यले त्यस सम्बन्धनमा महानगरपालिकाबाट कुनै निर्णय नभएको बताएका छन् । तसर्थ रुख काट्ने, फाँड्ने कार्य नगर्न र नगराउन सबैलाई जानकारी गराइसकिएको पनि उनले जनाएका छन् ।
वडाध्यक्ष पाण्डेले स्थानीयलाई आफ्नो जग्गामा भएका रुख काट्न आग्रहसहितको सूचना सोमबार जारी गरेका थिए । ‘मेरो रुख म काट्छु’ नारासहित उनले अभियान चलाउने भनेका थिए । ‘आजको १० दिनभित्र ‘मेरो रुख म काट्छु’ भन्ने अभियान सञ्चालन गरी आआफ्नो वरपर रहेका सम्पूर्ण रुखहरू कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुर्याउन साथै आआफ्नो क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्याउन वडा कार्यालयको तर्फबाट सम्पूर्ण वडावासीको लागि सूचना प्रकाशित गरिन्छ,’ पाण्डेले जारी गरेको सूचनामा भनिएको थियो ।

वडाध्यक्षको सूचना सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि मेयर आचार्यले त्यसो नगर्न आग्रहसहित फेसबुकबाट सूचित गरेका हुन् । प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै बाँदर नियन्त्रण गर्ने उल्लेख गरेकाले उक्त नीतिलाई साथ दिन खोजिएको वडाध्यक्षको सूचनामा छ ।









लोमान्थाङबाट २ करोडभन्दा बढी मूल्यका भेपसहित कन्टेनर नियन्त्रण
कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया