पोखरा १७ मा वक्तृत्वकला

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. १७ ले ‘वैदेशिक अध्ययन सम्बन्धमा बालबालिकाहरुको दृष्टिकोण’ शीर्षकमा वडा स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा ढुंगेसाँघु बोर्डिङ स्कुलका अंकिता भण्डारी र रासिका थापा क्रमशः पहिलो र दोस्रो बने ।
न्यु मिलेनियम बोर्डिङकी रोशनी रानाभाट तेस्रो बन्दा पार्दी माविकी करिश्मा खड्का सान्त्वना बनिन् । विजेताले क्रमशः ८ हजार, ६ हजार, ५ हजार र ३ हजारका साथमा प्रमाणपत्र पाएका छन् ।
वडा बाल मञ्च पोखरा १७ ले समन्वय गरेको प्रतियोगितामा पोखरा–१७ का १३ स्कुलका १७ प्रतियोगी सहभागी थिए । कार्यक्रममा पोखरा १७ की अध्यक्ष राधिका शाही योगीले वडाको समग्र विकासका लागि शिक्षा क्षेत्र र सामाजिक विकासलाई समेत महत्वका साथ अघि बढाइएको जनाइन् ।
उनले भौतिक विकास सँगसँगै मानवीय विकासलाई लगेर सभ्य, समृद्ध र सुसंस्कृत समाज निर्माण गर्नुपर्नेमा जोड दिइन् । ‘म पनि तपाईहरु जस्तै स्कुल जीवनबाट सिक्दै यहाँ आईपुगेकी हुँ, विद्यार्थी जीवनमा अध्ययन, अतिरिक्त क्रियाकलाप, समाज र परिवारको ठूलो भूमिका हुन्छ,’ उनले भनिन् ।
वडा सदस्य विक्रम गुरुङले वडा कार्यालयले वडाभरका बालबालिकाको व्यक्तित्व विकास, अतिरिक्त क्रियाकलाप र खेलकुदको विकासमा यथाशक्य प्रयास गरिरहेको जनाए । वडा सदस्य तारा सेवाले बालबालिकाको सर्वाङ्गीण विकासका लागि यस खालका कार्यक्रम आयोजना गरिएको जनाइन् ।
कार्यक्रममा वडा बाल मञ्चकी अध्यक्ष प्रतीक्षा मल्ल ठकुरीले यस्ता कार्यक्रमबाट सिक्दै व्यक्तित्व विकास गर्न र भोलि मञ्चको नेतृत्व लिन आग्रह गरिन् । प्रतियोगितामा महानगर शिक्षा महाशाखाका अधिकृत बद्रिनाथ सुवेदी, शान्ता सुवेदी र फडिन्द्र अधिकारी निर्णायक थिए ।
कार्यक्रममा पोखरा १७ की सचिव मञ्जु ढुंगाना, पोखरा महानगर शिक्षा महाशाखाका अधिकृत वद्रीनाथ सुवेदी, पार्दी माविका प्रधानाध्यापक वामदेव पौडेल, बालोदय बोर्डिङका प्लस टु संयोजक टंक पौडेल, वडा कार्यालयकी प्रमिला सुवेदी लगायतले बोलेका थिए ।









नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया