कानुनी अधिकारबारे कारितासको अन्तक्र्रिया

समाधान संवाददाता २०८० माघ २५ गते १२:४०

पोखरा ।
सीमान्तकृत समुदायको बिचमा रहेर, दिगो आर्थिक विकासका लागि जलवायु अनुकुलको कृषिबाट आर्थिक रुपान्तरणमा सहयोग पुर्‍याउँदै आएको कारितास नेपाल फिल्ड अफिस पोखराले बिभिन्न पाँच कृषक समूहलाई आफ्नो अधिकार बारे सहजीकरण गरेको छ ।

Advertisement


नेपाल जीवीकोपार्जन तथा उत्थानशीलता परियोजना अन्तर्गत रुपा गाउपालिका बडा नं ७ मा उक्त कार्यक्रम सञ्चालन भइरहेको छ । वडा नम्बर ७ को रामकोट, हाँसपोखरी, माझगाउँ, सहकारीहरु र वडासँग मिलेर उक्त कार्यक्रम सञ्चालन भइरहेको कारितास नेपाल फिल्ड अफिस पोखराका प्रमुख शोभा आर्चायले सो जानकारी गराएका हुन् ।


बुधबार भएको अन्तक्र्रिया कार्यक्रममा कृषकहरुको घरबगैंचा समूह, कुखुरापालन, बाख्रापालन समूह, मौरीपालन र तरकारीखेती समूह अन्तर्गतका कृषक समूहहरुले भाग लिएका थिए । कृषि उत्पादनलाई दिगो आम्दानी बनाउन कारितासले आफ्ना समूहका कृषकहरुलाई कुखुराको चल्ला, बाख्रा पालनका लागि सहकारीमार्फत ऋण (पछि उक्त ऋण अनुदानमा परिणत गरिने ) तरकारी खेतीका लागि बिउबिजन, फलफूल खेतीका लागि बोटबिरुवा, जैविक बिषादी फेरोमेन ट्राप लगायतका सामाग्रीहरु प्रदान गर्दै आएको छ ।

Advertisement


कृषक समूहको अन्तरकृया कार्यक्रममा स्थानिय तहकाका अधिकार, स्थानीय न्यायिक समितिका काम कर्तव्य र अधिकारका साथै कृषि क्षेत्र र सहकारी व्यवस्थापनबारे छलफल भएका थिए । कार्यक्रममा अधिवक्ता दुर्गा भण्डारीले स्थानीय न्यायिक समितिको काम कर्तव्य र मुद्दाका अधिकार क्षेत्रबारे सहजीकरण गरेकी थिइन् ।


कारतिास नेपाल पोखरा फिल्ड अफिसका प्रमुख शोभा आर्चायले कृषकको अधिकार र कृषकले पाउने अनुदानका साथै सहकारी व्यवस्थापनबारे सहजीकरण गरेकी थिइन् । कार्यक्रमको सञ्चालन कारितासका कार्यक्रम सहायक बबिता गुरुङ र रुपा गाउँपालिका वडा नम्बर ७ का कृषि शाखाका सूर्यभक्त खनाल लगायतले मन्तव्य राखेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया