बाँसबारीको जग्गा फिर्ता प्रक्रिया सुरु
काठमाडौं ।
बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ता गर्ने प्रक्रियाअघि बढाइएको छ । मालपोत कार्यालय, डिल्लीबजारले बिहीबार च्याम्पियन फुटवेयर प्रालि (हाल चाँदवाग रेसिडेन्सी प्रालि) बाँसबारीको नाममा पत्र काटेको छ ।
मालपोतले २१ दिनभित्र हाजिर हुन नआए कानुन बमोजिम हुने जनाएको छ । टोखा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्षको रोहवरमा चाँदवागका सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरका नाममा पत्र काटिएको हो । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो ।
सिआइबीले तीन महिनाभन्दा बढी समय अनुसन्धान गरेर उक्त सरकारी जग्गा निजीकरण गरेको फेला पारेको भन्दै तीन जनालाई पक्राउ गरेको थियो । बाँसबारी छाला जुत्ता कारखानालाई प्राप्त भएको जग्गामध्ये १० रोपनी जग्गा लिएर त्यहाँ सिजी चाँदवाग रेजिडेन्सी बनाइएको छ ।
उनीहरूले १० रोपनीमात्रै नभएर त्यहाँ रहेको १८ रोपनी जग्गा नै हडप्न खोजेको सिआइबीले दाबी गरेको छ । पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतले सुरूमा ४ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । दोस्रो पटक अर्थात् गत सोमबार म्याद थपका लागि अदालतमा पेस गर्दा न्यायाधीश यज्ञप्रसाद आचार्यले २ दिनमा अनुसन्धान सके पेस गर्न र नसके हाजिर जमानीमा छाड्न आदेश दिएका थिए ।
आदेशअनुसार बुधबार उनीहरू सिआइबी हिरासतबाट मुक्त भएका छन् । यस प्रकरणमा व्यवसायी चौधरीसहित ३ जना पक्राउ परेपछि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरोकारवाला पक्षसँगको बैठक डाकेका थिए । कानुनमन्त्री धनराज गुरूङ, नापी विभागका महानिर्देशक प्रकाश जोशी, गृह मन्त्रालयका सचिवसहित पदाधिकारी, सिआइबीका अधिकृतहरूसँग बैठक भएको थियो । बैठकमा गृहमन्त्री श्रेष्ठले उक्त जग्गा फिर्ता गर्ने प्रक्रियाबारे छलफल गरेका थिए ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया