थासाङमा गाँजा फडानी

जोमसोम ।
मुस्ताङमा पछिल्लो समय प्रहरीले गाँजा फडानी अभियानलाई तीव्रता दिएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङको अभियानमा इलाका प्रहरी कार्यालय लेते र प्रहरी चौकी कोवाङबाट खटिएको प्रहरी टोलीले बिहीबार थासाङ गाउँपालिका ५ टिटी तालवरपर प्राकृतिक रुपले उम्रिएका गाँजाका बोट फडानी गरेको हो ।
अवैध गाजा फडानी गर्न इलाका प्रहरी कार्यालय लेते र प्रहरी चौकी कोवाङबाट ८ जनाको प्रहरी टोली थासाङको टिटी पुगेको थियो । उनीहरुले त्यहा प्राकृतिक रुपमा उम्रिएका करिब ४ हजार बोट अवैध गाजा नष्ट गरेको हो । पर्यटक गन्तव्य टिटी ताल घुम्न जाने युवायुवतीले त्यहाँ पुगेर प्राकृतिक रुपमा उम्रिएका गाँजा सेवन गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले फडानी गरेको मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।
अघिल्लो पटक सोही स्थानमा प्रहरीले करिब ४ रोपनी सार्वजनिक जग्गामा प्राकृतिक रुपले फैलिएको गाँजा फडानी गरी नष्ट गरेको थियो । पाण्डेले आगामी दिनमा प्राकृतिक रुपले गाँजा उम्रिने बेलामा प्रहरी टोली परिचालन गरी फडानी गर्ने योजना सुनाए । जिल्ला प्रहरी कार्यालय मुस्ताङले फागुन महिनाको पहिलो सातादेखि जिल्लाका सबै सामुदायिक तथा निजी विद्यालयमा लागुऔषधसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।








स्पोट्र्स अवार्ड वैशाख १८ गते हुने
मुग्लिन–आँबुखैरेनी पारी २ लेनको सडक
चर्को आलोचनापछि राष्ट्रपतिकी छोरी संज्ञाले बन्दसूचीबाट फिर्ता लिइन् नाम
पोखरा–विराटनगर उडानको पहल
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया