विवाहमा आएकी महिलाकाे व्याग चाेर्ने पक्राउ

समाधान संवाददाता २०८० माघ २६ गते १३:२३

पोखरा ।

विवाहमा सहभागी महिलाको व्याग चोरी गरी भागेका एक युवक पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नंं १६ बाटुलेचौरका ३५ वर्षीय सञ्जय श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार पक्राउ गरेको हो ।

बुधबार करिब साँझ ७ बजे नदीपुरस्थित शाक्य समाज घरमा आएकी एक महिलाले आफ्नो व्याग टेवलमा राखेर कपडा मिलाउँदै गर्दा श्रेष्ठले व्याग टिपेर भागेको कास्की प्रहरीले बताएको छ ।

Advertisement

व्याग चोरी भएको सूचना पाएपछि वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले श्रेष्ठलाई करिब डेढ घण्टा अर्थात राति ८ः४५ बजे नदीपुरको नारायणस्थान नजिकैबाट श्रेष्ठलाई पक्राउ गरिएको हो ।

श्रेष्ठको साथबाट महिलाको व्यागसहित व्यागमा रहेको १२ हजार ५ सय रुपैयाँ, कानमा लगाउने सुनको टप एक जोडी, तिलहरि १ थान, मोवाइल एक थान बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

Advertisement

प्रहरीका अनुसार उनलाई चोरी मुद्धामा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया