कास्की मोडनाइज्डको रजत महोत्सव

समाधान संवाददाता २०८० माघ २८ गते ११:४१

पोखरा ।
पोखरा १४ चाउथेमा रहेको कास्की मोडनाईज्ड एकेडेमीका रजत महोत्सव, २५ औं अभिभावक दिवस, पुरस्कार वितरण तथा अभिनन्दन समारोह भएको छ । कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सनाले निजी स्तरबाट सञ्चालित यो विद्यालय गण्डकी प्रदेशकै नमुना बनेकोमा खुसी व्यक्त गरे ।

Advertisement


उनले यो विद्यालयबाट सामुदायिक विद्यालय लगायत अन्य विद्यालयले पनि धेरै कुरा सिक्नुपर्नेमा जोड दिए । विद्यालयका संस्थापक प्राचार्य रामबहादुर मोचीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरे । उनले विद्यार्थी केवल अंकले सीपालु नभइ सबै क्षेत्रमा उत्तिकै दक्ष बनाउनु अहिलेको आवश्यकता भएको जनाए ।


एनप्याब्सन केन्द्रीय अध्यक्ष सुवास न्यौपाने, अभिभावक तिलकराज लम्साल, टोल विकास संस्थाका प्रतिनिधि राजेशराज भण्डारी, सामुदायिक विद्यालयका प्रधानाध्यापकको तर्फबाट बावुराम अधिकारी, अभिनन्दित व्यक्तित्वको तर्फबाट नारायण रायमाझी, हिसान गण्डकी प्रदेश अध्यक्ष रमाकान्त बराल, प्रदेश सांसद वेदबहादुर गुरुङ लगायतले बोलेका थिए ।

Advertisement


समारोहमा कवि तथा कलाकार शैलेन्द्र सिम्खडा, गीतकार तथा निर्देशक नारायण रायमाझी र गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङलाई दोसल्ला, ताम्रपत्र र जनही नगद २५ हजारसहित सम्मान गरिएको छ । रेडक्रस भवन निर्माणका लागि ७० हजार र राष्ट्रिय आाविष्कार केन्द्रलाई ५० हजार विद्यालयले सहयोग गरेको छ ।


जिल्ला स्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगिता र युगल नृत्य प्रतियोगितामा विजेता विद्यालयहरुलाई समेत नगद, ट्रफी र प्रमाणपत्र वितरण गरिएको छ । विद्यार्थीले नाटक, तेक्वान्दो, योगा, म्युजिक, चित्रकला प्रस्तुत गरेको समारोहमा अभिभावक एवं लोकगायक रामजी पौडेलले गीत प्रस्तुत गरे ।

Advertisement

कार्यक्रममा १० वर्ष सेवा गरेका शिक्षक कर्मचारीलाई दीर्घ सेवा, १५ वर्ष पूरा गरेका शिक्षक कर्मचारीलाई केएमए रत्न पदकबाट सम्मान गरिएको थियो । कार्यक्रममा शैक्षिक, अतिरिक्त क्रियाकलाप, खेलकुद, जिल्ला स्तरीय अन्तर विद्यालय प्रतियोगिताका विभिन्न पुरस्कार पनि वितरण गरिएको थियो ।


विद्यालय व्यवस्थापन समिति अध्यक्ष राधा नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्राचार्य शिवलाल उपाध्याय, अनुराग अधिकारी, विद्यार्थीहरु नलिना पोडाषीनी, आयुषा बास्तोला, सृष्टि खड्का, क्रिस्टिना सापकोटा, मन्सुन गुरुङ, शिक्षा खड्का, प्रशान्ना गुरुङ, श्रेया सुवेदी, निश्चिता तिमिल्सिना, सोएन तामाङ, शिक्षक शिवु ढकाल, विद्यार्थी एलिन महत र भूपू विद्यार्थी डा विनोद गैह्र लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया