पोखरा म्याराथनमा अपांगतातर्फको दौड सकियो

पोखरा ।
१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत शनिबार अपांगता तर्फका दौड भएका छन् । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत ह्विल चेयर पुरुषतर्फको १ हजार ८ सय मिटर दौडमा सुरेशकुमार गौली पहिलो भएका छन् ।
गौलीले उक्त दौड पूरा गर्न ७ मिनेट ४१.३ सेकेन्ड लगाए । भरत अधिकारीले ७ मिनेट ५७.३ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो हुँदा ध्रुव परियारले ८ मिनेट २४.५ सेकेन्डमा दूरी पूरा गरी तेस्रो बने ।
महिलातर्फको ह्विल चेयर दौड काठमाडौंकी ऐश्वर्यकुमारी कुमालले जितेकी छन् । उनले १ किमीको दौड ४ मिनेट ९.८ सेकेन्डमा पार गरिन् । महिलातर्फ काठमाडौंकी पेमा छोक्पा गुरुङ ४ मिनेट ५२.१ मिनेटमा दौड पूरा गरी दोस्रो बन्दा पोखराकी अञ्जु बराल तेस्रो भइन् । अञ्जुले ६ मिनेट ४४.५ सेकेन्डमा दूरी पार गरिन् ।
पुरुष १ सय मिटर दृष्टिविहीन दौडमा आशिक खड्गी १३.४ सेकेन्डमा पूरा गर्दै प्रथम बने । वीरेन्द्र लामिछाने (१३.४ सेकेन्ड) दोस्रो हुँदा टुल्का डाँगी तेस्रो र प्रमोल दाहाल र सुशील गोदार क्रशशः चौथो र पाँचौ बने ।
महिला १ सय मिटर दृष्टिविहीन दौडमा वीनिता पुन पहिलो भएकी छन् । उनले १२.२ सेकेन्डमा दूरी पार गरिन् । दोस्रो भएकी सिर्जना परियारले १३.८ सेकेन्ड र तेस्रो बनेकी माया गौतमले १५.२ सेकेन्डमा दूरी पार गरे । पूर्णिमा गुरुङ चौथो र मोनिका थापा पाँचौं बने ।
विजेता ह्विलचेयर र दृष्टिविहीन महिला तथा पुरुषतर्फ पहिलो, दास्रश्रो र तेश्रो हुने खेलाडीले क्रमशः जनही नगद १० हजार, ७ हजार र ५ हजार प्राप्त गरे । दृष्टिविहीन पहिलो, दोस्रो तथा तेस्रो र सान्त्वना भएका दृष्टिविहीन महिला÷पुरुष खेलाडीलाई सेतो छडी सिविआरएसको सहयोगमा प्रदान गरिएको थियो । ह्विलचेयरतर्फ पहिलो, दोस्रो र तेस्रो भएका महिला र पुरुष खेलाडीलाई रोटरी क्लव ३२९२ को तर्फबाट एक–एक थान ह्विलचेयर प्रदान गरिएको छ ।
विजेता खेलाडीलाई पश्चिम पृतनाका पृतनापति उपरथि सन्तोषबल्लभ पौडेल, प्रतियोगिताका प्रायोजक दुर्गा गुरुङ (युके), मेजर लक्ष्मीप्रसाद गुरुङ, पूर्व राष्ट्रिय फुटबल खेलाडी गंगा गुरुङका छोरा मनोज गुरुङ, रोटरी क्लबका एजी पुरन कुँवर, डायमन्ड वुद्धिस्ट युके अध्यक्ष योगेश गुरुङ, सिबीआरएसका कार्यालय व्यवस्थापक कृष्ण लामिछाने, मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाट लगायतले मेडल, नगद, प्रमाणपत्र तथा सेतो छडी प्रदान गरेका थिए । कार्यक्रम मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीको अध्यक्षतामा भएको थियो ।









लोमान्थाङबाट २ करोडभन्दा बढी मूल्यका भेपसहित कन्टेनर नियन्त्रण
कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया