गण्डकी मिजार समाजमा तेज

लेखनाथ ।
गण्डकी मिजार समाज पोखरा २६ को अध्यक्षमा तेजबहादुर नेपाली चयन भएका छन् । संस्थाको शनिबार भएको छैंटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले नेपालीको अध्यक्षमा सर्वसम्मत समिति चुनेको हो ।
उपाध्यक्षद्वयमा मनबहादुर चर्मकार र कुलबहादुर नेपाली, सचिव मिस्टर नेपाली, सहसचिव मीनबहादुर नेपाली, कोषाध्यक्ष सन्तोषी नेपाली र सह कोषाध्यक्षमा मंगल नेपाली छन् । सदस्यमा रमेशकुमार बोहोरा, मञ्जु बस्याल, पार्वती हरिजन सिके, हरि नेपाली, भीमबहादुर बोहोरा र भविराम बोहोरा छन् ।
सभामा पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापाले स्थापना कालदेखि हालसम्म समाजले विकृति, विसंगतिमा काम गर्दै आएका जनाए । संस्थाका सल्लाहकार बुद्धराज बस्यालले संस्थाको जग्गा खरिददेखि भवन निर्माणसम्म सहयोग, साथ दिनेहरुप्रति आभार प्रकट गरे ।
सल्लाहकार तेजबहादुर बस्यालले संस्था साझा परिवार भएको जनाए । अन्नपूर्ण मिजार समाजका अध्यक्ष चेतबहादुर नेपालीले गण्डकी मिजार समाजले रचनात्मक र सिर्जनशील कार्य गर्दै आएको उल्लेख गरे । संस्थापक अध्यक्ष पूर्णबहादुर नेपालीले आपसी एकता र सद्भावको माध्यमबाट संस्थालाई अघि बढाउन आग्रह गरे । संस्थाका अध्यक्ष गोपाल नेपालीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।









पासपोर्ट अब २ दिनभित्रै पाइने
खरानीबाट ब्यूँतियो गण्डकी प्रदेशसभा
सम्पादकीय—राष्ट्रियसभाको गरिमा राख
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया