सामुदायिक सेवा केन्द्रको वक्तृत्वकला

लेखनाथ ।
लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाले अन्तर विद्यालय स्तरीय खुला वक्तृत्व कला प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा त्रिभुवन शान्ति माविकी मञ्जिता खड्का प्रथम, हाइवे गार्डेन एकेडेमीकी वर्षा थापा द्वितीय, डायमन्ड माविकी अंकिता आचार्य तृतीय, न्यु एरा माविकी सदीक्षा भण्डारी र लक्ष्मी आदर्श माविका विवेक अधिकारीले सान्त्वना बने ।
प्रतोगितामा प्रथम हुनेलाई ११ हजार ११ सय ११, द्वितीयलाई ९ हजार ५ सय, तृतीय हुनेलाई ७ हजार ५ सय र सान्त्वना हुने दुई जनालाई जनही २ हजार पाँच सय र प्रमाण पत्र प्रदान गरिएको छ । साबिकको लेखनाथ नगरभित्रका सामुदायिक एवं निजी विद्यालयबिच ‘विकृति, विसंगतिरहित समाजको निर्माण, हाम्रो अभियान’ भन्ने बिषयमा प्रतियोगिता आयोजना गरिएको हो ।
वक्तृत्वकलामा १५ विद्यालयका २३ जना सहभागी थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले युवावस्थामा देखिन सक्ने कुलत रोकथामका लागि विद्यालय तहदेखि नै गरिने यस प्रकारको कार्यक्रम उपयोगी हुने जनाए ।
सामुदायिक सेवा केन्द्र लेखनाथका अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा निर्णायक संयोजक ऋषि जमरकट्टेल, सल्लाहकार विष्णु पुन, टीकाराम पंगेनी, संस्थापक अध्यक्ष मोती गिरी, उपाध्यक्ष गंगा मल्ल, सहसचिव दीपक भण्डारी, लक्ष्मी आदर्श मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्रमणि लामिछाने, विद्यालयका प्रधानाध्याप रवीन्द्र भट्टराई, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बजगाई, लेखनाथ खानेपानी उपभोक्ता संस्थाका सचिव रक्षा भट्टराई लगायतले बोलेका थिए ।









त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया