अमरदीप सहकारीमा शोभामोहन

पोखरा ।
पोखरा १६ मा रहेको अमरदीप वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं साधारण सभा तथा पाँचौं अधिवेशनले शोभामोहन पौडेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति चुनेको छ ।
उपाध्यक्षमा गणेशबहादुर थापा, सचिव धर्मराज थापा, कोषाध्यक्ष बालप्रसाद शेरचन, पदेन सदस्यमा संस्थापक अध्यक्ष कुमार खड्का र सदस्यमा ईन्द्र गुरुङ, दुर्गा केसी, भुवन बस्नेत र इन्जिनियर भुवनबहादुर थापा छन् । लेखा संयोजकमा रोशनजगं राणा र सदस्यद्वयमा भरत थापा र अर्जुन कुवँर छन् ।
कार्यक्रममा जयलक्ष्मी बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत सुशील केसीले समुदाय केन्द्रित भएर सञ्चालन भएका सहकारी संस्थामा कुनै किसिमको समस्या नरहेको बताए । कार्यवाहक अध्यक्ष रुद्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष कुमार खड्का, जय मनकामना सहकारीका सचिव बुद्घिबहादुर खत्री, सजिलो सहकारीका बलराम थापा लगायतले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए ।
अधिवेशनले कार्यवाहक अध्यक्ष थापाले पेश गरेको प्रतिवेदन पारित गरेको छ । सहकारीमा हाल ३ सय ३० जना सेयर सदस्य छन् ।









त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया