यातायात मजदुरमा किशोरको नेतृत्व

समाधान संवाददाता २०८० फागुन १ गते १२:४७

पोखरा ।

Advertisement

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बेगनासताल बस इकाइ कमिटीको १६ औं अधिवेशन भएको छ । अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्ष किशोर थापाको नेतृत्वमा ९ सदस्यीय कमिटी चयन गरेको छ ।


कमिटीको उपाध्यक्षमा विष्णु सुवेदी (प्रकाश), सचिव कपिल पाण्डे र कोषाध्यक्ष पूर्णबहादुर सुवेदी (जीवन) छन् । इकाइ सदस्यमा राजेन्द्र लामिछाने, सूर्यराज सुवेदी, सूर्य न्यौपाने र सुरज परियार रहेको संगठनका गण्डकी प्रदेश कमिटीका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए ।

Advertisement


संगठनका केन्द्रीय उपमहासचिव विष्णुबहादुर पराजुलीले उद्घाटन गरेको अधिवेशनमा संगठन गण्डकी प्रदेश कमिटीका सहसचिव बालकृष्ण पोखरेल, इकाइका पूर्व अध्यक्ष हरि सुवेदीले यातायात मजदुरका समस्याको बारेमा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया