बाराहीका होटल, रेस्टुरेन्टकाे भ्यालेनटाइन डे अफर

पोखरा ।
बाराही हस्पिटालिटीद्वारा सञ्चालित विभिन्न होटल तथा रेस्टुरेन्टमा भ्यालेनटाइन डे (प्रणय दिवस) को अवसर पारेर विभिन्न छुट तथा अफर घोषणा भएको छ । काठमाडौंको होटल बाराहीले भ्यालेन्टाइन डेका दिन आफ्ना प्रिमियम ग्राहकलाई ६ थरी खानाका साथै वेभरेजसमेत दिनेछ ।
१२ हजार तिरेर हरेक जोडीले यसको मज्जा लिन सक्ने छन् । स्ट्यान्डर्ड ग्राहकका लागि इन्टरनेसनल बफेट, स्पार्कलिन रोजसहितको मज्जा जोडीले ७ हजार रुपैयाँमै लिन पाउनेछन् । होटलमा बुक गर्नेमध्ये केहीलाई गिफ्ट ह्याम्परसमेत दिइनेछ ।
बाराही जंगल लजमा फेब्रुअरी १४ मा ७ हजार रुपैयाँमा बफेटको सुविधा दिइनेछ । बेभरेजमा १५ प्रतिशत छुट रहेको लजले जनाएको छ । भ्यालेन्टाइन डेमा जोडीसहित सौराहा जाने पाहुनालाई लजले ‘टेस्ट अफ लभ’ कार्यक्रम अन्तर्गत रोमान्टिक क्यान्डल लाइट डिनर, कल्चरल डान्स, लाइभ म्युजिकल पफर्मेन्स, अन्लिमिटेड स्न्याक्स लगायतको व्यवस्था गरेको छ ।
हस्पिटालिटी अन्तर्गत पोखरामा रहेको होटल बाराहीले भ्यालेन्टाइन डेको अवसरमा क्यान्डल लाइट डिनरको प्याकेज सार्वजनिक गरेको छ । विशेष दिनमा आफ्ना विशेष मान्छेसँग पोखरामा लालटिनमा बलेको बत्तीसँगैको रोमान्टिक डिनरका लागि होटलले प्रतिजोडी ७ हजार रुपैयाँमै व्यवस्था गर्ने छ । जसमा ६ विभिन्न परिकार तथा मायाका भाव अंकित केकको समेत व्यवस्था हुनेछ ।
सारङकोट माउन्टेन लजले भ्यालेन्टाइन डेका दिन ‘रोमान्टिक डिनर’मा रमाउने व्यवस्था गरेको छ । विभिन्न प्रकारका भ्यालेन्टाइन्स मेनुसहित होटलले यस्तो अफर सार्वजनिक गरेको हो । पोखराकै होटल आवास पोखराले भ्यालेन्टाइन स्पेसल अफर सार्वजनिक गरेको छ । जसमा डिलक्स रुम, रिमभित्रै ब्रेकफास्ट, क्यान्डल लाइट डिनर लगायतका विशेषता छन् । प्रति जोडीका लागि ८ हजार रुपैयाँ शुल्क कायम गरिएको यो प्याकेज भ्यालेन्टाइन सप्ताहभर लागि मान्य हुनेछ ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया