भूमी अधिकारकाे नेतृत्वमा टेक

पोखरा ।
नेकपा एमाले निकट जनसंगठन भूमी अधिकार तथा श्रमिक संगठन नेपाल जिल्ला कमिटी कास्कीको दोस्रो अधिवेशनले टेकबहादुर पुनको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको छ ।
कमिटीका उपाध्यक्षमा अग्निप्रसाद तिवारी र ठूली गोले तामाङ, सचिव मोहन गुरुङ, उपसचिव हेममाया तामाङ र विजय शाही, कोषाध्यक्षमा ध्रुवकुमार श्रेष्ठ छन् । ९ सदस्यपछि थप गर्ने गरी ३५ सदस्यीय कार्यसमिति चयन भएको हो । संस्थाका सदस्यमा देवबहादुर विक, हेमचन्द्र मुडभरी, रोमबहादुर गुरुङ, चन्द्रमा घर्ती, वीरबहादुर परियार, सपना परियार, लोकबहादुर सेन, मानबहादुर गुरुङ, सविता गुरुङ, सरस्वती नेपाली, इन्दिरा भट्टराई, देवबहादुर विक, भीमबहादुर रोकामगर, ईन्द्रबहादुर खड्का, सरोज राई, उजेली घर्ती दुर्गाबहादुर गुरुङ, कृष्ण गुरुङ अधिकारी र हरिमाया विक छन् ।
संस्थाका अध्यक्ष टेकबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद भीम कार्की, भूमीअधिकार तथा श्रमिक संगठन नेपालका केन्द्रीय महासचिव ईन्द्रबहादुर तामाङ, नेकपा एमाले प्रदेश कमिटी सदस्य जगनकुमारी गुरुङ, संगठनका प्रदेश इन्चार्ज लक्ष्मीप्रसाद अधिकारी, पार्टीका कास्की जिल्ला उपाध्यक्ष तेजनाराणय अधिकारी, सचिव वैनबहादुर क्षेत्री, गण्डकी प्रदेश अध्यक्ष प्रेमबहादुर गुरुङ र अनेमसंघ कास्की अध्यक्ष गीता विश्वकर्मा, अग्निप्रसाद तिवारी, हेममाया तामाङ लगायतले बोलेका थिए ।








समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया