रुपा गाउँपालिकाको स्थापना दिवस—अध्यक्ष कप खुला भलिबल प्रतियोगिता हुने

समाधान संवाददाता २०८० फागुन १ गते २२:२८


पोखरा ।
कास्कीको रूपा गाउँपालिकाले स्थापना दिवसको अवसरमा अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले मंगलबार पोखरामा पत्रकार सम्मेलन गर्दै फागुन २४ गतेदेखि २७ गतेसम्म प्रतियोगिता गर्ने जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेले १ लाख ५० हजा उपविजेताले ८० हजार र तृतीय हुने टीमले ४० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन ।

Advertisement

सान्त्वना हुने टीमले भने २० हजार रुपैयाँको पाउने अध्यक्ष ओझाले जनाए । यस्तै बेस्ट प्लेयरलाई ५ हजार रुपैयाँ, बेस्ट सर्भर, बेस्ट ब्लकर, बेस्ट सेटर, बेस्ट लिब्रो, बेस्ट स्पाइकर र बेस्ट प्रशिक्षकले जनही २ हजार रुपैयाँ ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

टीम दर्ता फागुन १० गतेबाट फागुन २३ गते भित्र गर्नुपर्नेछ भने टीम दर्ता शुल्क भने लाग्ने छैन । प्रतियोगितामा रुपा गाउँपालिकाबासीले मात्र खेल्न पाउनेछन् । अध्यक्ष ओझाका अनुसार प्रतियोगितामा ४० टीमको सहभागीता रहने अनुमान छ ।

Advertisement

स्थापना दिवसको अवसरमा झाँकी प्रदर्शन, प्रतियोगिता समेत हुनेछ । झाँकी प्रदर्शनतर्फ प्रथम हुनेलाई ३० हजार, द्धितिय हुनेलाई २० हजार, तृतीय हुनेलाई १० हजार र सान्त्वना हुनेलाई ५ हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिनेछ । झाँकीको लागि समुहमा कम्तिमा ३५ जना हुनुपर्नेछ । यसरी समुह बनाउँदा कम्तीमा ५ जना ३० वर्ष भन्दा कम उमेरको हुनपर्ने समेत नियम छ ।

सदस्य संख्या पुरा भएका यातायात बापत ५ हजार र खाना खाजा बापत २ हजार प्रदान गरिनेछ । माला प्रतियोगितातर्फ प्रथम हुनेलाई ६ हजार, द्धितिय हुनेलाई ४ हजार र तृतीय हुनेलाई २ हजार सहित प्रमाणपत्र प्रदान गरिनेछ । कार्यक्रमलाई भव्य बनाउन गाउँपालिका उपप्रमुख लालसुब्बा गुरुबको संयोजकत्वमा मुल आयोजक समिति निर्माण गरिएको छ ।

Advertisement

रुपा गाउँपालिकाले २०७५ सालदेखि स्थापना दिवसको अवसरमा निरन्तर पुरुष भलिवल प्रतियोगिता, झाँकी प्रदर्शन, माला
प्रतियोगिता गर्दै आएको अध्यक्ष ओझाले जनाए । रुपा गाउँपालिकाले राष्ट्रिय स्तरका भलिबल, कराँते लगायतका
खेलका खेलाडी प्रशिक्षक जन्माइसकेको उनले सुनाए । उनका अनुसार कार्यक्रम सञ्चालन गर्नको लागि गाउँपालिकाले १५
लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

तपाईको प्रतिक्रिया