आस्था साकोसको अभिमुखीकरण

समाधान संवाददाता २०८० फागुन २ गते १३:२२

पोखरा ।
पोखरा, १ बगरमा अवस्थित आस्था बचत तथा ऋण सहकारी र्संस्था लिमिटेडद्वारा पोखरा आदर्श सेकेन्डरी स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई सहकारी शिक्षासम्बन्धी कार्यक्रम मंगलबार सम्पन्न गरिएको छ । व्यवस्थापन संकाय अन्तर्गत कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई सहकारी शिक्षा दिइएको थियो ।

Advertisement

माउन्ट भ्याली कलेजका क्याम्पस प्रमुख नारायण न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा पोखरा महानगरपालिका सहकारी विज्ञ एवं आस्था साकोसका प्रमुख कार्यकारी अधिकृत नारायणप्रसाद आचार्यले सहजीकरण गरेका थिए ।


उक्त कार्यक्रममा सहजकर्ता नारायणप्रसाद आचार्यले वर्तमान समयमा सहकारीको भूमिका र यसको आवश्यकताबारे स्पष्ट पारेका थिए । कार्यक्रममा ८० जनाभन्दा बढी विद्यार्थीहरुको उपस्थिति थियो ।

Advertisement

सोही विद्यालयका सहप्राचार्य ज्ञानेश्वर सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए । आस्था साकोसका अध्यक्ष कृष्णप्रसाद आचार्यको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया