चैत ३ बाट खेल महोत्सव

पोखरा ।
सूर्य तारा क्लब र नेपाल खेलकुद महासंघ गण्डकीले संयुक्त रुपमा आयोजना गरेको खेल महोत्सव सञ्चालन तथा व्यवस्थापनका लागि पोखरा २९ सैनिक बस्तीमा सचिवालय स्थापना गरिएको छ ।
आगामी चैत ३ देखि ११ गतेसम्म पोखरा २९ भण्डारीढिकमा हुने महोत्सवका लागि सचिवालय स्थापना गरेको महासंघका केन्द्रीय सचिव विष्णु पुनले जानकारी दिए । सचिवाल संविधान सभाका सदस्य नवराज शर्माले उद्घाटन गरे । ‘समृद्ध समाज, हाम्रो परिकल्पना’ भन्ने नाराका साथ महोत्सव हुन लागेको छ ।
सचिव पुनले खेल महोत्सवमा विभिन्न खेलका ७ प्रतियोगिता हुने बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले भाग लिने खेल महोत्सव गर्न ५५ देखि ६० लाख खर्च लाग्ने आयोजकको अनुमान छ । उनले भने, ‘महोत्सवले नयाँ खेलाडीको उत्पादन र भाइचारा सम्बन्धको विकास गर्न सहयोग पुग्ने छ ।’
फुटबलका लागि प्रथम पुरस्कार ३ लाख ३ हजार ३ सय ३३ र द्वितीय पुरस्कार १ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ राखिएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई ७ हजार ७ सय ७७, उत्कृष्ट गोल किपरलाई ७ हजार ७ सय ७७ र अनुशासित टिमलाई ७ हजार ७ सय ७७ रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
महोत्सवमा कास्की जिल्ला विद्यालय स्तरीय नृत्य प्रतियोगिता राखिएको छ । नृत्यतर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः ५५ हजार ५ सय ५५, ३३ हजार ३ सय ३३ र २२ हजार २ सय २२ रुपैयाँ प्रदान गरिने सचिव पुनले जानकारी दिए ।
महोत्सवमा महिला स्लो स्कुटर रेस समावेस गरिएको छ । प्रतियोगितामा प्रथम हुनेलाई २२ हजार २ सय २२, द्वितीय हुनलाई ११ हजार १ सय ११ र तृतीय हुने टिमलाई ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार दिइनेछ । प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताको प्रथम पुरस्कार ५५ हजार ५ सय ५५, द्वितीय पुरस्कार ३३ हजार ३ सय ३३ र तृतीय पुरस्कार २२ हजार २ सय २२ रुपैयाँ छ ।
खुला ब्याडमिन्टन प्रतियोगिताका लागि प्रथम पुरस्कार ५५ हजार ५ सय ५५, द्वितीय पुरस्कार ३३ हजार ३ सय ३३ र तृतीय पुरस्कार २२ हजार २ सय २२ तय गरिएको छ । अर्को खेल ५ किमी एथ्लेटिक्स छ । विद्यालय स्तरीय छात्रछात्रा, खुला र ४५ वर्ष माथिमो भेट्रान्स गरी तीन विधा समावेश प्रतियोगितामा प्रथम पुरस्कार ७ हजार नगद छ । द्वितीयले ५ हजार र तृतीय हुनेलाई ३ हजार रुपैयाँ दिइने छ ।
झाँकीतर्फ प्रथम पुरस्कार ५५ हजार ५ सय ५५, द्वितीय पुरस्कार ३३ हजार ३ सय ३३ र तृतीय पुरस्कार २२ हजार २ सय २२ रुपैयाँ छ । समापनको अवसरमा लाइभ कन्सर्ट राखिएको छ ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया