पोखरामा डेढ अर्ब लगानी

पोखरा ।
पोखरामा रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जनासम्बन्धी परियोजना कार्यान्वयनका लागि सरोकारवालासँग छलफल गरिएको छ । साइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना गर्न आवश्यक परियोजना कार्यान्वयनका लागि यसअघि नै पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) बिच सम्झौता भएको थियो ।
परियोजनाले हरित अर्थतन्त्रमा योगदान पुर्याउने दिगो रिसाइकल र अप–साइकल (आरयु) उद्यमहरूलाई अभिवृद्धि गर्न उपयुक्त माध्यम सिर्जना गर्दै महानगरपालिकाका कर्मचारी, सरकारी सरोकारवाला र आरयु उद्यमहरूको क्षमता निर्माण सहित हरित रोजगारी सिर्जना गर्न सहयोग गर्ने छ । यस्तै, ग्रीन भेन्चर जोन (जिभिजेड) स्थापना गर्ने र नयाँ तथा आरयु उद्यमलाई व्यवसाय इन्क्युबेसन सहायता (वित्तीय, प्राविधिक र बजार) प्रदान गर्ने छ ।
ग्रिन भेन्चर जोन (जिभीजेड) स्थापना र हरित अर्थतन्त्रमा योगदान पुर्याउने दिगो आरयु उद्यमलाई बढवा दिन महानगरपालिकाले उपयुक्त वातावरण सिर्जना गर्ने र पर्याप्त तथा आवश्यक मानव संशाधनको व्यवस्थापन गर्ने छ । हरित अर्थतन्त्रमा योगदान पुर्याउने आरयु उद्यमलाई अभिवृद्धि गर्न दिगो नीतिको सुनिश्चिततासहित परियोजनाको स्वामित्वसमेत लिनेछ ।
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले यस परियोजनामार्फत युवाका लागि रोजगारी सृजनामा महŒवपूर्ण योगदान पुग्ने विश्वास लिएको छ । दिगो रिसाइकल र अप–साइकलमार्फत हरित रोजगारी सृजना र चक्रीय अर्थतन्त्रको सृजनशील उपयोग आम समुदायका लागि आवश्यक रहेको कोइकाले बताएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रिसाइकल र अप–साइकलमार्फत हरित रोजगारी सृजना गर्दै युवालाई रोजगारीसँग जोड्ने महानगरपालिकाको योजना कार्यान्वयनमा यो परियोजना प्रभावकारी हुने बताए । ‘यस परियोजनाले युवालाई रोजगारीसँग जोड्नेछ भने हरित अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान गर्ने छ,’ उनले भने ।
परियोजनामा कोइकाले ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलर खर्च गर्ने छ । परियोजनाले रिसाइकल र अप–साइकलमार्फत नयाँ सामग्री उत्पादन गर्ने छ । यसलाई सिकाई केन्द्रका रूपमा विकास गरिने र पोखराका लागि एक पर्यटन गन्तव्यका रूपमा समेत यो स्थापित हुने विश्वास गरिएको छ ।









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया