महेन्द्रपुलकाे अन्तराष्ट्रिय झन्डापार्क उद्घाटन

समाधान संवाददाता २०८० फागुन ७ गते ११:१६

पोखरा ।
पोखराको महेन्द्रपुलमा रहेको अन्तराष्ट्रिय झन्डापार्क सोमबार उद्घाटन गरिएको छ । पोखराका मेयर धनराज आचार्य र लायन्स क्लव इन्टरनेशनलका निर्देशक बालकृष्ण बुर्लाकोटीले संयुक्त उद्घाटन गरेका हुन् ।

Advertisement


विदेशी तथा आन्तरिक पर्यटकलाई झन्डापार्कले आकर्षित गर्ने मेयर आचार्यले बताए । सबैलाई आफ्नो राष्ट्र र राष्ट्रियता प्यारो हुने भन्दै पार्कले आफ्नो देशको स्मरण गराउने विश्वास व्यक्त गरे ।


क्लबका निर्देशक बुर्लाकोटीले झण्डापार्कले पोखराको सुन्दरतामा सुनमा सुगन्ध थपेका उल्लेख गरे ।

Advertisement


७० लाखमा निर्माण भएको अन्तर्राष्ट्रिय झण्डापार्कमा संयुक्त राष्ट्रसंघमा आबद्ध १९५ देशसहित साझेदार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाको झन्डा राखिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया