केन्द्रीय राष्ट्रपति कप वैशाखको पहिलो साता

पोखरा ।
नेपाली खेलाडी उत्पादनको मुख्य प्रतियोगितामध्ये एक केन्द्रीय राष्ट्रपति कप वैशाखको पहिलो साता हुने भएको छ । प्रतियोगिताका लागि गण्डकी प्रदेशले आफ्नो तयारी सुरु गरेको छ ।
फागुनको अन्तिम साता बागमती प्रदेशस्तरीय प्रतियोगिता हुने भएपछि प्रतियोगिता वैशाखमा धकेलिएको हो । यता केन्द्रीय स्तरको प्रतियोगिता सर्ने निश्चित भए पनि प्रदेश खेलकुद परिषद गण्डकीले भने तयारी सुरु गरेको सदस्य सचिव श्रीधर शर्माले जनाएका छन् । गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड फागुनको ११ देखि १३ सम्म नवलपुरमा हुने भएको छ ।
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड फागुन ११ गते हुँदै छ । प्रदेशस्तरीय प्रतियोगिता गर्न शर्माको अध्यक्षतामा राष्ट्रपति रनिङ सिल्डमा हुने ६ विभिन्न खेलका अध्यक्ष तथा पदाधिकरीसँग शनिबार छलफल भएको छ ।
नवलपुरका ६ पालिकाले प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ सिल्ड गर्न ३० लाख सहयोग गर्ने भएसँगै प्रतियोगिता नवलपुरमा आयोजना गर्न लागिएको बताए । उनले भने, ‘यो महत्वपूर्ण निर्णय थियो । प्रतियोगिता सञ्चालन गर्न बजेट अभाव भएको बेला नवलपुरका पालिकाहरु अग्रसर भएका छन् ।’
फागुन ११ गतेबाट सञ्चालन हुने गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत छात्र/छात्रा भलिबल र कबड्डी देवचुली नगर पालिकामा हुने तय गरिएको छ भने कराँते मध्यबिन्दु नगर पालिका, तेक्वान्दो गैडाकोट नगरपालिका, उशु र एथलेटिक्स कावासोतीमा हुने छन् । उद्घाटन लगायतका कार्यक्रमसमेत कावासोतीमा हुने सदस्य सचिव शर्माले जानकारी दिए ।
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा ६ खेलमा १ हजार २ सय खेलाडी, प्रशिक्षक, टिम ब्यवस्थापक गरी १ हजार ४ सय हाराहारीमा नवलपुर पुग्ने छन् । सोही प्रतियोगिताबाट केन्द्रीय राष्ट्रपति रनिङ शिल्डक लागि सबै खेलका १ सय १२ जना खेलाडी छनोट हुने छन् ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया