नेपाल बजार बिक्री प्रतिनिधि संघमा जय

समाधान संवाददाता २०८० फागुन ७ गते १२:४९

पोखरा ।

Advertisement

नेपाल बजार बिक्री प्रतिनिधि संघ (नाम्स) स्वतन्त्र ट्रेड युनियन मा दर्ता भएपछि शनिबार पोखरामा शाखाको प्रथम अधिवेशन भएको छ । अधिवेशनले जयनारायण सापकोटाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चुनेको छ ।


समितिको उपाध्यक्षमा सुनीलकुमार गोर्खाली, सचिव भुवन पौडेल, उपसचिव सूर्यप्रकाश भट्टराई र कोषाध्यक्ष बिक्रम अधिकारी छन् । सदस्यमा बद्री अधिकारी, टीकाराम ढकाल, अश्विन पौडेल, विश्वजंग थापा र राजेश पुरी चुनिए । थप ३ सदस्य संघको पहिलो बैठकबाट मनोनित हुन छन् ।

Advertisement


निर्वाचन समितिमा श्रीराम सिग्देल संयोजक, नाम्सका केन्द्रीय उपाध्यक्ष गोपाल सापकोटा र केन्द्रीय श्रम सचिव शैलेश बुढाथोकी सदस्य थिए । नाम्स पोखरा इकाइ अध्यक्ष बाबुराम तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष जयनारायण सापकोटा, सचिव भुवन पौडेल, संघका संस्थापक अध्यक्ष प्रेमप्रसाद गौतम, पूर्व केन्द्रीय अध्यक्ष ऋषि अधिकारी, केन्द्रीय उपाध्यक्ष गोपाल सापकोटा, नाम्स गण्डकी प्रदेश अध्यक्ष सुरेश सापकोटा, स्याङ्जा इकाइ अध्यक्ष प्रकाश ढकाल लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया