६० कटेका ‘तन्नेरी’को ब्याडमिन्टन प्रतियोगिता

पोखरा ।
साठी प्लस बुढा तन्नेरी ब्याडमिन्टन क्लबले प्रथम ६० प्लस तन्नेरी मेन्स डबल राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८० गर्न लागेको छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ ‘खेलकुद नै जीवन हो, खेल खेलौं स्वस्थ रहौं’ भन्ने नाराका साथ फागुन १२ गते प्रतियोगिता गर्न लागेको क्लबका अध्यक्ष रुद्रबहादुर घलेले जानकारी दिए ।
पोखरा खेलकुदको केन्द्रको रुपमा विकसित हुँदै गएको अवस्थामा खेलको विकास तथा थप आकर्षणको लागि प्रतियोगिता सञ्चालन गर्न लागेको उल्लेख गर्दै उनले ६० कटेका बुढा तन्नेरीको राष्ट्रिय प्रतियोगिता नेपालमा पहिलो पल्ट गर्न लागको बताए ।
६० वर्ष उमेर समूहको मेन्स डबल प्रतियोगितामा २४ टिमको सहभागिता रहने छ । ‘खेलकुद पर्यटनको विकासका साथै बालकदेखि ज्येष्ठ नागरिकसम्म व्याडमिन्टन खेलको पहँुच पु¥याउन प्रतियोगिताले सहयोग पुग्ने छ,’ उनले भने, ‘खेलाडीको उमेर दिन प्रतिदिन बढ्दै गएपनि उमेर नघट्ने परिप्रेक्ष्यमा ६० कटेका व्यक्ति पनि खेल्न सक्ने वर्तमान खेलाडीलाई प्रेरणादायी बन्ने छ ।’ उनले प्रतियोगिताबाट भूतपूर्व तथा वर्तमान खेलाडीलाई थप ऊर्जा प्राप्त भएर सुखमय स्वास्थ्य जीवन यापन गर्न सहयोग पुग्ने बताए ।
विश्वव्यापी रुपमा योनेक्स सनराइज नामक संस्थाले विभिन्न शहरमा ६०, ७०, ७५ र ८० भन्दा माथि उमेर समूहको श्रीलंका, भारत बेलायत जापान लगायतका अन्तर्राष्ट्रिय प्रतियोगिता गर्दै आएको छ । क्लबका सल्लाहकार रमेश भट्टचनले केही महिना अगाडी सिक्किम दार्जिलिङ, अमेरिका, श्रीलंकामा भाग लिएर नेपालको चिनारी दिन सफल भएको अध्यक्ष घलेले बताए ।
ब्याडमिन्टन खेलसँग आवद्ध पूर्व खेलाडीको संगम स्थलको रुपमा ६० बुढा तन्नेरी व्याडमिन्टन क्लब सम्बन्धित कार्यालयमा दर्ता भएको छ । क्लबमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलिसकेका खेलाडी छन् । जसको कारण ब्याडमिन्टन खेलको विकासमा टेवा पुग्ने अध्यक्ष घलेले दाबी गरे । बुढा तन्नेरी क्लबमा आजीवन २३ र साधारण ७ गरी ३० जना सदस्य छन् ।









लोमान्थाङबाट २ करोडभन्दा बढी मूल्यका भेपसहित कन्टेनर नियन्त्रण
कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया