दर्शन सहकारीको सहयोग

पोखरा ।
दर्शन सहकारी तथा ऋण संस्था लिमिटेड पोखरा १४ औं वर्षमा प्रवेश गरेको छ । संस्थाले १४ औं स्थापना दिवस सोमबार अमोर बालगृह सेवा कटुजे स्वारा, फेदीखोलामा सहयोग हस्तान्तरण कार्यक्रम गरी मनाएको छ ।
कार्यक्रममा दर्शन सहकारीको संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार खिमबहादुर शाहीले सहकारी गौरव लाग्दो र राम्रो सहकारी बनाएर सेवा प्रदान गर्न आवश्यक रहेको बताउँदै कार्यसमितिलाई आ–आफ्नो जिम्मेवारी बहन गर्न अनुरोध गरे ।
दर्शन सहकारीका अध्यक्ष राजाराम शाही ठकुरीले छरिएर रहेको पुजिलाई एकीकृत गर्दै लैजाने सोचले सहकारीको स्थापना गरिएको बताए । कार्यक्रममा संस्था निवर्तमान अध्यक्ष विष्णुकुमारी उच्चै, सल्लाहकार गया शाही ठकुरी, प्रबन्धक फम सिंह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । दर्शन सहकारी संस्थाका अध्यक्ष राजाराम शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष लक्ष्मण मल्ल र सचिव ज्योति हमालले सञ्चालन गरेकी थिइन् ।








निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया