बाराही आधारभूत विद्यालयमा कपडा वितरण

पोखरा ।
लायन्स क्लब अफ पोखरा चौतारीले माछापुच्छ्रे गाउँपालिका–२ मा रहेको बाराही आधारभूत विद्यालयमा न्यानो कपडा तथा स्टेसनरी वितरण गरेको छ ।
गरिमा विकास बैंकको मुख्य प्रायोजन रहेको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेसनरी वितरण गरेका हुन् ।
कार्यक्रममा ढकालले सरकारको लगानीले मात्र कुनै पनि क्षेत्र सुधार नहुने विचार राखे । माछापुच्छ्रे गाउँपालिका–२ का वडा अध्यक्ष गणेश आचार्यले संस्थाहरुको सहयोग र स्थानीय तहको प्रयासले विद्यालयमा विद्यार्थीहरुको संख्यामा वृद्धि हुँदै गएको सुनाए ।
कार्यक्रममा लायन्सका डिस्ट्रिक चिफ एड्भाइजर प्रजापति बास्तोला, मोहनबाबु खड्का, पुरुषोत्तम पराजुली, शिक्षक अभिभावक संघका अध्यक्ष तीर्थबहादुर गुरुङ, कृष्ण आचार्य लगायतले लायन्सले गरेको योगदानको चर्चा गरे ।
विद्यालयका प्राचार्य रामप्रसाद आचार्यले न्यून आय भएका अभिभावकका बालबालिका पढ्ने यस विद्यालयमा संस्थाको सहयोगले गर्दा विद्यार्थीहरुको आकर्षण बढ्दै गएको जनाए । कार्यक्रममा ५२ जना विद्यार्थीहरुलाई प्रजातन्त्र दिवसको अवसर पारी करिब २ लाख बराबरको न्यानो कपडा तथा स्टेसनरी वितरण गरिएको थियो ।









नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया