छाला र सौन्दर्यको अस्पताल ‘लेट मी इन’ पोखरामा पनि खुल्ने
लगानीका लागि पोखरासहित गण्डकीवासीलाई आह्वान

पोखरा ।
छाला उपचार र सौन्दर्यको क्षेत्रमा लक्ष्य गर्दै सञ्चालनमा आइरहेको कोरियन सौन्दर्य अस्पताल ‘लेट मी इन’ले पोखरामा आफ्नो शाखा विस्तार गर्ने भएको छ । कोरियाली लगानीमा नयाँ बानेश्वर र महाराजगन्ज काठमाडौंमा सञ्चालित लेट मी इनले छिटै पोखरामा शाखा खोल्न लागेको हो ।
‘हामी हाम्रो नयाँ शाखा खोलेर पोखराका बासिन्दालाई उच्च गुणस्तरको सौन्दर्य र छाला हेरचाह सेवाहरू प्रदान गर्न आतुर छौं, लेट मी इनका मा तोङ सुले भने । पोखराको न्युरोडमा खुल्ने भनिएको अस्पतालमा छाला तथा सौन्दर्यका सबै सेवाहरु उपलब्ध हुने छन् ।
उक्त अस्पतालमा प्रयोग हुने सबै उपकरण कोरियाली हुने जानकारी गराइएको छ । उक्त अस्पतालका व्यवस्थापक विष्णु सुवेदीका अनुसार सौन्दर्य सम्बन्धी यस्तो अस्पताल पोखराकै पहिलो हुनेछ । पोखरामा खुल्ने अस्पतालका लागि आवश्यक जनशक्ति भर्ना गरी काठमाडौं लगी तालिम दिएरमात्रै सेवा सुरु गरिने उनले सुनाए ।
मा तोङ सुले ५ करोडभन्दा बढीको लगानीमा अस्पताल खुल्ने र त्यसमा आफूले मात्रै लगानी नगरी पोखरासहित गण्डकी प्रदेशका बासिन्दालाई पनि सहभागी गराउने आफ्नो चाहना रहेको बताए । ‘धेरैले लगानी गर्दा धेरैले अपनत्व ग्रहण गर्नुहुन्छ र अस्पतालमा धेरै सेवाग्राही आउँछन् भन्ने उद्देश्य हो,’ उनले भने ।
त्यसका लागि उनीहरुले १ लाख रुपैयाँदेखि नै लगानी स्वीकार्ने भएका छन् । पोखराको अस्पतालमा सुरुआततिर मासिक ३० लाखको कारोबार गर्ने लक्ष्य उनले सुनाए । बैंकमा राखेको पैसाको भन्दा बढी लाभांश अस्पतालका लगानीकर्तालाई दिने उनको उद्देश्य छ ।
कोरियाली भाषामा मीइन भनेको सौन्दर्य भन्ने अर्थ लाग्ने जानकारी उनले दिए । सौन्दर्यतिर मानिसहरु दिनानुदिन आकर्षित रहेको हुँदा यस्तो अस्पताल सञ्चालनको आवश्यकता महसुस गरेको उनले सुनाए । पोखरापछि फ्रेन्चाइज मोडलमै नेपालगन्ज, बुटवल, वीरगन्ज र विराटनगरमा पनि अस्पताल खोल्ने उनको योजना छ ।









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया