पोखरा कलेज अफ म्यानेजमेन्टकाे ग्राजुएसन समारोह

पोखरा ।
पोखरा कलेज अफ म्यानेजमेन्टबाट स्नातक तहमा दीक्षित विद्यार्थीको ग्राजुएसन समारोह भएको छ । समारोहमा बिबिए र बिसिआइएस विषय अध्ययनरत कलेजका ८३ विद्यार्थीलाई कलेजले सम्मान गरेको थियो ।
समारोहमा पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. दयाराज ढकालले विद्यार्थीलाई बधाईका साथै उज्ज्वल भविष्यको कामना गरे । डिन ढकालले धेरै ग्रेड प्राप्त गर्दैमा अत्यन्तै उत्साहित र थोरै ग्रेड प्राप्त गरेकोमा हतोत्साहित नहुनसमेत विद्यार्थीलाई आग्रह गरे ।
प्राध्यापक चन्द्रा भद्राले विद्यार्थीको असली परीक्षा अब सुरु भएको विचार राखिन् । कार्यक्रममा कलेजबाट डिन लिस्टमा पर्न सफल कलेजका विद्यार्थीहरु मनिषा पोख्रेल, प्रविणा सुवेदी र पूजा राजभाटलाई विशेष सम्मान गरेको थियो । कलेजले हालसम्म १७ ब्याच बिबिए र २ ब्याच बिसिआइएस अध्ययन गरेका विद्यार्थी उत्पादन गरिसकेको छ ।
१ हजार १ सयभन्दा बढी विद्यार्थी उत्पादन गरिसकेको कलेजले १ सय बढी डिन लिस्ट र एक दर्जन उपकुलपति पदक र लक्ष्मी विद्या पदक प्राप्त गरिसकेको कलेजका प्राचार्य लिना नेगी श्रेष्ठले बताइन् ।
कार्यक्रममा बिबिए कार्यक्रम संयोजक मनोज श्रेष्ठ, बिसिआइएस कार्यक्रम संयोजक हरिप्रसाद बराल, सम्मानित विद्यार्थीको तर्फबाट मनिषा पोख्रेलले समेत बोलेका थिए । प्राडा टंकनाथ शर्मा तिमिल्सिनाको सभाध्यक्षता भएको कार्यक्रम उपप्राध्यापक दीपेन्द्र पहारीले सञ्चालन गरेका थिए ।









‘नेतृत्व परिवर्तन १५औं महाधिवेशनबाट गरौं, अहिले चुनावमा जुटौं’ : कार्यवाहक सभापति खड्का
म्याग्दीमा जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ
सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १२१ घटना, बागमती प्रदेश सबैभन्दा असुरक्षित
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया