हेमजामा अन्तर्राष्ट्रिय मातृभाषा दिवस

पोखरा ।
हेमजा साहित्य प्रतिष्ठान नेपालले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको सन्दर्भ पारेर विविध कार्यक्रम गरेको छ । संस्थाले शनिबार स्रष्टा सम्मान, पुरस्कार वितरण तथा २ सय ४६ औं शुभप्रभात काव्यमाला एकै साथ गरी उक्त दिवस मनाएको हो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज असम भारतकी सचिव नीता गुरुङ भाटियाले हरेक सन्तान सदा सत् कर्ममा लाग्नुपर्नेमा जोड दिइन् । उनले आफूले गरेका सत् तथा असत् दुवै कर्मका पहिलो भागिदार बाबुआमा हुने भएकाले शिर उचो राख्ने काम गर्नुपर्नेमा जोड दिँदै स्रष्टा साधकलाई राष्ट्रका असल सन्तानका रूपमा चित्रित गरिन् ।
प्रतिष्ठानको रजत वर्ष सम्मानप्रति आभार व्यक्त गर्दै उनले उक्त सम्मान आफ्नो साहित्य यात्रामा अविस्मरणीय पहिचान बनेर बस्ने बताइन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर सदस्य दुर्गाबहादुर शाह ‘बाबा’ले हेमजा हरेक क्षेत्रले पृथक पहिचान बोकेको स्थान भएको चर्चा गर्दै मातृभाषा दिवसका सन्दर्भमा यसरी नेपाली भाषी भारतीय साहित्यकारलाई हेमजामा बोलाएर मर्म अनुसारको स्तूत्य कर्म गरेको बताए ।
स्वतन्त्र पत्रकार संघ कास्की अध्यक्ष असफल गौतमले भाषा साहित्यको श्रीवृद्धिका लाग्छौं भन्नेहरू कुष्ठा र अहम्को भरियावादबाट माथि उठ्न नसक्दा साहित्यको श्रीवृद्धि असली रूपमा हुन नसकेकोमा चिन्ता व्यक्त गरे । गण्डकी प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलले असम निवासी नेपालीभाषी साहित्यकारको हेमजा आगमनले प्रतिष्ठानका रजतवर्षका गतिविधिले थप उचाइ लिने बताए ।
कार्यक्रममा संस्थाका संस्थापक सचिव कोविदशरण उपाध्याय, उपाध्यक्ष सुनील गायक, सचिव परशुराम अधिकारी लगायतले मन्तव्य राखेका थिए । सोही समारोहबीच प्रतिष्ठानले १२२ औं सम जयन्तीको अवसरमा आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिताको पुरस्कासमेत अर्पण गरेको छ ।
उक्त प्रतियोगितामा केफ माविकी मुस्कान पोखरेल, धवलागिरि बोर्डिङका एलिस सुवेदी, अम्बिका माविका रोजी भण्डारी र धवलागिरि बोर्डिङ्की एलिना अधिकारीले क्रमशः प्रथम, द्वितीय, तृतीय र चतुर्थ बने ।
प्रतियोगिता संयोजक भानुभक्त अविरलले विद्यार्थीमा रहेको अन्तरनिहित प्रतिभाको प्रस्फुटनका लागि प्रतिष्ठानले तत्स्थानीय शीर्षकसहितको निबन्ध लेखन प्रतियोगिता राखेको बताए । उनले प्रतियोगितामा विभिन्न विद्यालयका ११ विद्यार्थी सहभागी भएकामा अन्य विद्यार्थीलाई सहभागिता प्रोत्साहन पुरस्कारसमेत प्रदान गरिएको जानकारी दिए ।
कार्यक्रममा डा अनिल थापा, गंगा त्रिपाठी, सौगात विक, संगम गायक, असिम गायक लगायतले रचनावाचन गरेका थिए । यस्तै, गण्डकी प्रज्ञा–प्रतिष्ठानको १ महिने सारंगी प्रशिक्षण प्राप्त विद्यार्थी भाइबहिनीबाट सारंगीमा राष्ट्रगानसहित कार्यक्रम सुरुआत गरिएको थियो ।









सम्पादकीय—पोखरामा लोरा मर्फीको सृजनात्मक यात्रा
लोमान्थाङबाट २ करोडभन्दा बढी मूल्यका भेपसहित कन्टेनर नियन्त्रण
कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया