माउन्ट अन्नपूर्ण माविको अभिभावक दिवस

पोखरा ।
पोखरा, नदीपुरमा रहेको माउन्ट अन्नपूर्ण माविको ४५ औं अभिभावक दिवस भएको छ । कार्यक्रममा पर्यटन व्यवसायी एवं लेखक कर्ण शाक्यले अन्नपूर्ण यस क्षेत्रकै पहिलो निजी विद्यालय भएकाले अभिभावकको अपेक्षा ठूलो हुन सक्ने बताए ।
उनले विद्यालयले अपेक्षा अनुरुपकै उपलब्धि हाँसिल गरेको भन्दै धन्यवाद दिए । उनले युवा पढन र सिक्न विदेश जाने भने त्यसपछि आफ्नै देश फर्केर सम्भावनाको पहिचान गरी यहीँ काम गर्नुपर्नेमा जोड दिए । प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेलले शैक्षिक क्षेत्रमा निजी विद्यालयहरुले गरेको योगदानको राज्यले उचित मूल्यांकन गर्नुपर्नेमा जोड दिए ।
विद्यालयका प्राचार्य सइन्द्र श्रेष्ठले वार्षिक प्रतिवेदनसहित आगामी दिनमा विद्यालयका योजनाबारे प्रकाश पारे । कार्यक्रममा प्रिनर्सरीदेखि १२ कक्षासम्मका विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । विद्यालयले नियमित प्रशिक्षण गराउने तेक्वान्दो खेलको परिस्कृत डेमो पनि विद्यार्थीहरुले प्रस्तुत गरे ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुरजप्रकाश प्रधानांगले विद्यालयलाई हरेक तह र तप्काको पहुँचमा राखेर युग सुहाउदो शिक्षण पद्धति अपनाउँदै अघि बढ्ने प्रण गरे । कार्यक्रममा कक्षा ९ की छात्रा ऋिसिका गुरुङ, विद्यालयका शिक्षा डाइरेक्टर अशोक शाही, शिक्षक लक्ष्मी थापा लगायतले बोलेका थिए । समारोहमा १५ वर्षभन्दा बढी सेवा गरेका शिक्षक, कर्मचारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा कक्षा १२ होटल म्यानेजमेन्ट विद्यार्थीले विभिन्न परिकारका स्टलसमेत राखेका थिए ।









नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया