लक्ष्मी आदर्श माविको शिविर

समाधान संवाददाता २०८० फागुन १३ गते १५:०८

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं २७ को शिशुवामा रहेको लक्ष्मी आदर्श माविले आफ्नो स्वर्ण महोत्सवको पूर्वसन्ध्यामा स्वास्थ्य शिविर आयोजना गरेको छ । फागुन १६, १७ र १८ गते स्वर्ण महोत्सव समापन समारोह गर्ने कार्यतालिका रहे पनि चालु शौक्षिक शत्रलाई स्वर्ण महोत्सव वर्षका रुपमा मनाउने क्रममा शुक्रबार रत्तदान र स्वास्थ्य शिविर आयोजना गरिएको हो ।


शिशुवा पोलिक्लनिकको प्राविधिक सहयोगमा भएको शिविरमा १ सय ५० जनाले सेवा लिएका थिए । शिविरमा फिजिसियन डा प्रकाश भट्टराई, बालरोग विषेशज्ञ डा. प्रदीप भट्टराई र स्त्रीरोग विशेषज्ञ बिभा महतोले बिरामीको जाँच एवंम स्वाथ्य परामर्श प्रदान गरेका थिए ।


स्वर्ण जयन्तीकै अवसरमा राखिएको रत्तदानमा ३७ युनिट रगत संकलन भएको छ । पहिलो रक्तदाता विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्रमणि लामिछानेलाई ब्लड ब्याग हस्तान्तरण गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले स्वर्ण महोत्सवलाई सबैको साथ र सहयोगमा भव्यताका साथ मनाउन आग्रह गरे ।

Advertisement


स्वर्ण महोत्सवको अवसरमा विविध सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण तथा विद्यालय स्थापना कालदेखि विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउँदै आएका चन्दादाता, जग्गादाता, अक्षयकोषदातालाई सम्मान गरिने प्रधानाध्यापक रवीन्द्रनाथ भट्टराईले जानकारी दिए । फागुन १६ गते स्वर्ण जयन्ती स्तम्भ अनावरण, १७ गते स्वर्ण जयन्ती प्रवेशद्वार उद्घाटन र १८ गते मुल समारोहसहित स्मारिका सार्वजनिक गर्ने कार्यक्रम तय छ ।

Advertisement

तपाईको प्रतिक्रिया